बर्लीको बजारमा 'ह्याट्रिक': १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली 'कमर्सियल' जायन्ट सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
177
Shares
काठमाडौँ। नेपाली उपभोक्ताको मन जित्न सफल अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सले आफ्नो उत्पादन यात्रालाई थप उचाइमा पुर्याएको छ। गत वर्ष एकै पटक १७ वटा एयर कूलर मोडलहरू सार्वजनिक गरेर बजारमा तहल्का मच्चाएको बर्लीले, हालै मात्र एलगन्स र एलेसिया सिरिजका ६ आधुनिक गिजरहरू मार्फत जाडो मौसममा समेत उल्लेख्य सफलता प्राप्त गरेको छ।
सोही सफलताको शृङ्खलालाई निरन्तरता दिँदै, नेपालका लागि आधिकारिक वितरक सीजी इलेकट्रोनिक्सले अब ठूला व्यावसायिक क्षेत्रहरूका लागि ३ वटा नयाँ 'हेभी-ड्युटी' कमर्सियल एयर कूलरहरू बजारमा ल्याएको छ।
व्यावसायिक आवश्यकताका लागि ३ विशेष कुलिङ मास्टर
बर्लीले बैङ्क, अफिस, ठूला शोरुम, रेस्टुरेन्ट, पार्टी प्यालेस र जिमहरूका लागि उपयुक्त हुने गरी निम्न शक्तिशाली मोडलहरू उपलब्ध गराएको छ:
१. मेगाकुल ४डब्ल्यूएस-१३५एल (सर्वाधिक शक्तिशाली क्षमता)
• क्षमता: १३५ लिटरको विशाल ट्याङ्की।
• एयर डेलिभरी: ९०००एम^३ प्रति घण्टाको उच्च वायु प्रवाह।
• ब्लेड: २० इन्चको 'प्लास्टिक हाई पर्फर्मेन्स' ब्लेड।
• विशेषता: ४-तर्फी स्विङ प्रविधि, वाटर लेभल इन्डिकेटर र ठूला सभा हलका लागि उत्कृष्ट।
२. विन्ड कमाण्डर ३एस-१२०एल (हावाको तीव्र गति र पहुँच)
क्षमता: १२० लिटर ट्याङ्की।
एयर डेलिभरी: ७५००एम^३ प्रति घण्टाको शक्तिशाली वायु प्रवाह।
ब्लेड: २० इन्चको 'प्लास्टिक हाई पर्फर्मेन्स' ब्लेड।
विशेषता: शक्तिशाली एयर-थ्रो, एरोडाइनामिक ब्लेड र टिकाउ हेभी-ड्युटी मोटर।
३. मेगाकुल ४डब्ल्यूएस-१००एल (किफायती र प्रभावकारी)
क्षमता: १०० लिटर ट्याङ्की।
एयर डेलिभरी: ६५००एम^३ प्रति घण्टाको वायु प्रवाह।
ब्लेड: १७ इन्चको 'प्लास्टिक हाई पर्फर्मेन्स' ब्लेड।
विशेषता: इनभर्टर अनुकूल संरचना र शक-प्रुफ बडी।
४-तर्फी कुलिङ प्रविधि : कोठाको कुना–कुनासम्म शीतलता
बर्लीका यी कमर्सियल कूलरहरूको प्रमुख विशेषता यसमा रहेको ४-तर्फी कुलिङ प्रविधि हो, जसले ठूला व्यावसायिक ठाउँमा समान शीतलता सुनिश्चित गर्छ:
भर्टिकल र होरिजन्टल एयर फ्लो : यसमा हावालाई दायाँ-बायाँ र माथि-तल फैलाउने स्वचालित संयन्त्र रहेको छ। भित्रपट्टि रहेका स्वचालित लुभर्सले हावालाई भुईँदेखि छतसम्म र बाहिरी लुभर्सले कोठाको पूरै चौडाइमा चिसो हावा प्रवाह गर्छन्।
कुना–कुनासम्म पहुँच: यो विशेष एयर फ्लो प्रविधिले गर्दा बैङ्क, रेस्टुरेन्ट वा जिम जस्ता धेरै मानिस हुने ठूला हलहरूमा पनि हावा कतै ब्लक नभई कोठाको हरेक कुनासम्म सहजै पुग्दछ।
बर्ली कमर्सियल कूलरका साझा विशेषताहरू:
• हनिकम्ब कूलिङ प्याडहरू: परम्परागत घाँसको तुलनामा धेरै चिसो र लामो समयसम्म टिक्ने प्याडहरू।
• अटो-फिल फग्क्शन: पाइप जोडेर सिधै पानी भर्न सकिने सुविधा।
• बिजुलीको बचत: एयर कन्डिसनर (एसी) को तुलनामा ८०% सम्म कम बिजुली खपत।
• सहज मोबिलिटी: बलियो 'कास्टर ह्विल्स' का कारण सजिलै यताउता सार्न मिल्ने।
भरोसा र सेवाको सञ्जाल
सीजी इलेकट्रोनिक्सका अनुसार, बर्लीले छोटो समयमै नेपालमा कमाएको विश्वासको मुख्य आधार नै उत्पादनको गुणस्तर र भरपर्दो सेवा हो।"हामीले गत वर्ष १७ मोडलहरू सार्वजनिक गर्दा जुन विश्वास नेपाली ग्राहकहरूबाट पायौँ, हालैको गिजर लन्चले त्यसलाई झन् मजबुत बनाएको छ। अब यो कमर्सियल रेन्जसँगै हामी ठूला व्यवसायहरूलाई पनि उत्कृष्ट कुलिङ सोलुसन प्रदान गर्न प्रतिबद्ध छौँ।" — प्रवक्ता, सीजी इलेकट्रोनिक्स।
बर्ली होम अप्लायन्सेस बारे
बर्ली होम अप्लायन्सेस एक द्रुत–गति विस्तार भइरहेको अन्तर्राष्ट्रिय ब्रान्ड हो, जसले कूलिङ, हीटिङ, किचेन र होम–कम्फर्ट श्रेणीका उत्पादनहरूमा आधुनिक, दिगो र ऊर्जा–दक्ष समाधान प्रदान गर्छ।
प्रिमियम निर्माण र उपभोक्ता–मैत्री प्रदर्शनका कारण बर्ली दक्षिण एसियाली बजारमा छिट्टै लोकप्रिय बनेको छ। नेपाल Burly को लागि महत्त्वपूर्ण बजारका रूपमा स्थापित हुँदै आएको छ, जहाँ उत्पादनहरू सीजी इलेकट्रोनिक्स मार्फत मात्र उपलब्ध छन्।
सीजी इलेकट्रोनिक्स बारे
देशभर रहेका २१ वटा सिजी डिजिटलका शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्। अझ महत्त्वपूर्ण कुरा, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।