arrow

तोलामा तीन हजार घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउमा गिरावट आएको छ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा तीन हजार र चाँदीको सय रुपैयाँ घटेको हो ।

सोमबार सुनको भाउ तोलामा एक हजार हजार तीन सय र चाँदीको ५० रुपैयाँ तथा साताको पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा दुई हजार सात सय र चाँदीको ५० रुपैयाँ बढेको थियो ।

मूल्य घटेसँगै मंगलबार छापावाला सुन प्रतितोला दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि सोमबार छापावाला सुनको मूल्य प्रतितोला तीन लाख पाँच सय रुपैयाँ रहको थियो।

मंगलबार १० ग्राम सुनको मूल्य दुई लाख ५५ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यता, सोमबार प्रतितोला पाँच हजार ४५ रुपैयाँमा पुगेको असली चाँदीको भाउ मंगलबार घटेर चार हजार नौ सय ४५ रुपैयाँ कायम भएको छ।

मंगलबार १० ग्राम चाँदीको मूल्य चार हजार दुई सय ३९ रुपैयाँ कायम गरिएको महासंघले छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ