arrow

नयाँ वर्षमा सीजीको आकर्षक योजनाः क्यासब्याक, किस्ता सुविधा र नयाँ उत्पादन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
cg-life.jpeg

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी ब्राण्डले नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीका मार्केटिङ म्यानेजर सज्ञान ढकालका अनुसार ‘एक्सपिरियन्स लाइफ विथ सीजी, भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ नारासहित सञ्चालन गरिएको क्याम्पेन अन्तर्गत ग्राहकलाई अधिकतम ५६ हजार रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने छ ।

ढकालले चैत १९ गतेदेखि शुरू भएको यस क्याम्पेनले ग्राहकलाई थप सुविधा र प्रोत्साहन दिने उद्देश्य राखेको बताए । उनका अनुसार वाशिङ मेशिन खरिदमा एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइनेछ । फ्रन्ट लोड वाशिङ मेशिनमा ६ केजीसम्म, फुल्लि अटोमेटिक र टप लोडमा २ केजीसम्म तथा सेमी अटोमेटिकमा १ केजी एरियल निःशुल्क पाइने व्यवस्था गरिएको छ । 

त्यस्तै माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट र एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन सुविधा दिइने उनले जानकारी दिए ।

कम्पनीले उपभोक्तालाई सहज बनाउने उद्देश्यले शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पनि उपलब्ध गराएको छ । 

जगदम्बा फाइनान्ससँगको सहकार्यमा ग्राहकले ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी रकम किस्ताबन्दीमा तिर्न सक्ने व्यवस्था गरिएको ढकालले बताए । ‘आज नगद अभाव भएका ग्राहकले पनि सजिलै किस्तामा सामान खरिद गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने । 

ढकालका अनुसार सीजीले नेपाली ब्रान्डको हैसियतमा अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न प्रिमियम सेगमेन्ट ‘सीजी मेरिडिया’ पनि विकास गरेको छ । 

यस अन्तर्गत उच्च गुणस्तरका टेलिभिजन, एआई एयर फ्रायर लगायतका आधुनिक उत्पादनहरू बजारमा ल्याइएको छ । 

गत वर्ष ‘लेभल अप’ क्याम्पेनमार्फत १०० इन्च टेलिभिजन, क्यारोके टिभी र एआई प्रविधियुक्त उपकरणहरू सार्वजनिक गरिएको उनले स्मरण गराए ।

यस वर्ष कम्पनीले नयाँ उत्पादनहरू थप्दै जाने रणनीति लिएको छ । हालै सीजीले आफ्नै ब्रान्डमा कुलर पनि सार्वजनिक गरिसकेको छ । ‘नेपाली ब्रान्डले पनि अन्तर्राष्ट्रिय स्तरको उत्पादन दिन सक्छ भन्ने सन्देश दिन हामी प्रतिबद्ध छौं,’ मार्केटिङ म्यानेजर ढकालले भने ।

कम्पनीले ग्राहक सेवामा सुधार गर्न ‘सीजी केयर’ नामक मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । 

यसमार्फत ग्राहकले वारेन्टी कार्ड र बिलको डिजिटल प्रतिलिपि सुरक्षित राख्न सक्नेछन् । कागजात हराएमा पनि सोही एपमार्फत सेवा लिन सकिने सुविधा रहेको उनले बताए ।

ढकालका अनुसार हाल देशभर २१ वटा शोरुम र व्यापक वितरण सञ्जालमार्फत सीजीका उत्पादनहरू उपलब्ध छन् । कम्पनीले गुणस्तर, उचित मूल्य र बिक्रीपछिको सेवा सुधारमा जोड दिँदै उपभोक्तामाझ विश्वास कायम राख्ने लक्ष्य लिएको छ । 

‘सीजी भनेपछि गुणस्तरमा विश्वास गर्न सकिने ब्रान्ड बनाउने हाम्रो लक्ष्य हो’, उनले भने ।

उनले उपभोक्ताबाट पाएको सकारात्मक प्रतिक्रिया र विश्वासले कम्पनीलाई अझ नयाँ तथा उत्कृष्ट उत्पादन ल्याउन प्रेरित गरेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रतिस्पर्धी र नवप्रवर्तनयुक्त उत्पादन बजारमा ल्याइने बताए ।

उत्पादनअघि कडा परीक्षण र अनुसन्धान

मार्केटिङ म्यानेजर ढकालका अनुसार सीजीले कुनै पनि उत्पादन यत्तिकै बजारमा ल्याउँदैन । नेपाली बजारको आवश्यकता, उपभोक्ताको क्रय क्षमता र प्रविधिको उपयुक्तता विश्लेषण गरेर मात्र उत्पादन चयन गरिन्छ । यसका लागि कम्पनीसँग अनुसन्धान तथा विकास (आरएन्डडी), क्वालिटी इन्स्पेक्सन, टेक्निकल टिम, इन्जिनियर र क्वालिटी एश्योरेन्स टिम सक्रिय छन् ।

‘यी सबै टोलीले प्रोडक्टको मापदण्ड पूरा भएको सुनिश्चित गरेपछि मात्र बजारमा ल्याइन्छ । यदि कुनै उत्पादन क्वालिटी टेस्टमा फेल भयो भने त्यो बजारमा ल्याइँदैन,” उनले भने । उनका अनुसार घरेलु उपकरणहरू उच्च मूल्यका दीर्घकालीन प्रयोगका सामान भएकाले टिकाउ र विश्वसनीय हुनु अनिवार्य छ ।

बजारबाट सकारात्मक प्रतिक्रिया, नयाँ उत्पादनको माग
सीजीका उत्पादनप्रति बजारबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको ढकालले बताए । ग्राहकहरूले विशेषगरी गुणस्तरप्रति सन्तुष्टि व्यक्त गर्ने गरेको उनले उल्लेख गरे । ‘क्यारोके टेलिभिजन, १०० इन्च टेलिभिजन र हालै ल्याइएको एआई टेलिभिजनजस्ता उत्पादनले राम्रो माग पाएका छन्,’ उनले भने ।

उनका अनुसार उपभोक्ताको विश्वासकै कारण कम्पनीले निरन्तर नयाँ–नयाँ उत्पादन बजारमा ल्याइरहेको छ । कम्पनीका सेल्स टिम तथा व्यवस्थापनले प्रत्यक्ष बजारमा पुगेर ग्राहकको प्रतिक्रिया लिने र त्यसअनुसार सुधार तथा नवप्रवर्तन गर्ने गरेको उनले बताए ।

नेपाली ब्रान्डको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा
 

ढकालले सीजीलाई नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा स्थापित हुनुमा उपभोक्ताको विश्वास र कम्पनीको गुणस्तरप्रतिको प्रतिबद्धता मुख्य कारण भएको बताए । 

करिब २० वर्षको यात्रामा सीजीले नेपाली ब्रान्डले पनि अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रमाणित गरेको उनको भनाइ छ ।

‘हामीले सधैं उपभोक्तालाई केन्द्रमा राखेर काम गरेका छौँ । गुणस्तरीय उत्पादन, छिटो सेवा र ग्राहकका गुनासा तथा सुझावमा तत्काल प्रतिक्रिया दिने हाम्रो प्राथमिकता हो,’ उनले भने ।

उनका अनुसार कम्पनीले ‘सीजी’ र ‘सीजी मेरिडिया’ ब्रान्डमार्फत साधारणदेखि प्रिमियम सेगमेन्टसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ । 

आगामी दिनमा पनि विश्व बजारमा उपलब्ध नवीनतम प्रविधि नेपाल भित्र्याउने योजना रहेको उनले जानकारी दिए । 

ढकालले उपभोक्ताले विगत २० वर्षदेखि देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट गुणस्तरका उत्पादन उपलब्ध गराउने प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ