arrow

रास्वपाका प्रमुख सचेतक भन्छन् - जनसरोकारका कामलाई 'फास्ट ट्रयाक' बाट निकास दिन अध्यादेश ल्याइयो [भिडियो]

राज्य सञ्चालनमा हुने विलम्बलाई रोक्न सरकारले यस्तो निर्णय लिएको हो र सदन पनि छिट्टै खुल्नेछ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
kabindra-burlakoti-01-16.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारले नागरिकको म्यान्डेटअनुसार द्रुत गतिमा काम गर्न अध्यादेश ल्याएको दाबी गरेका छन्। बुधबार रास्वपा संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले झन्झटिलो कानुनी प्रक्रियाका कारण सामान्य काम हुन पनि महिनौँ लाग्ने अवस्था रहेकाले 'फास्ट ट्रयाक' बाट निकास खोजिएको बताए।

बुर्लाकोटीका अनुसार यो अध्यादेश कुनै व्यक्ति, संस्था वा दल विशेषलाई लाभ पुर्‍याउन नभई प्रक्रियागत ढिलाइले रोकिएका जनसरोकारका कामलाई गति दिन ल्याइएको हो। विशेष गरी सहकारी पीडितहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई सहज बनाउन र विभिन्न संवैधानिक निकायहरूमा रिक्त रहेका नियुक्तिहरूलाई छिटो टुङ्ग्याउन यो कदम आवश्यक रहेको उनले स्पष्ट पारे।

उनले सरकारको नियत सफा रहेको उल्लेख गर्दै बिरामीको उदाहरण दिएर अध्यादेशको औचित्य पुष्टि गर्ने प्रयास गरे। 'इमर्जेन्सीमा लैजानुपर्ने बिरामीलाई ओपिडी भोलि खुल्छ भनेर कुर्न सकिँदैन,' उनले भने, 'राज्य सञ्चालनमा हुने विलम्बलाई रोक्न सरकारले यस्तो निर्णय लिएको हो र सदन पनि छिट्टै खुल्नेछ।' लामो विधायकी प्रक्रियामा अल्झिरहँदा राज्यका अत्यावश्यक कामहरू रोकिने भएकाले सरकारले कार्यसम्पादनमा गति दिन यो बाटो रोजेको उनको तर्क छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ