arrow

सुनचाँदीको मूल्यमा गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
gold-jewalary.jpg

काठमाडौँ ।  स्थानीय बजारमा आज  सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि प्रतितोला १०५ रुपैयाँको कमी आएको छ।

आजका लागि निर्धारण गरिएको मूल्यअनुसार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो (सोमबार) सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सेतो धातु चाँदीको मूल्यमा पनि गिरावट आएसँगै आज प्रतितोला ४ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको भाउमा गिरावट आएको व्यवसायीहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ