काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। बैंकले सार्वजनिक गरेको सूचीअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहे पनि युरो र पाउण्ड लगायतका अन्य प्रमुख मुद्राहरूको भाउमा वृद्धि देखिएको छ।
अमेरिकी डलरको मूल्य हिजोकै विनिमय दरमा स्थिर रहेको छ। आज डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा कायम गरिएको छ। युरोपियन युरोको मूल्यमा भने वृद्धि भएको छ। हिजो १७७ रुपैयाँ ५८ पैसा (खरिद) रहेको युरो आज बढेर १७८ रुपैयाँ १६ पैसा (खरिद) र १७८ रुपैयाँ ८६ पैसा (बिक्री) पुगेको छ।
युके पाउण्ड स्ट्रलिङको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। हिजो खरिददर २०५ रुपैयाँ १० पैसा रहेको पाउण्ड आज २०६ रुपैयाँ ३९ पैसा (खरिद) र २०७ रुपैयाँ २१ पैसा (बिक्री) तोकिएको छ। त्यस्तै, स्वीस फ्रयाङ्क पनि हिजोको तुलनामा बढेर आज खरिददर १९४ रुपैयाँ २८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०५ पैसा कायम भएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ १८ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको छ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा तोकिएको छ। खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा कायम भएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ। राष्ट्र बैंकको यो दर बैंक तथा वित्तीय संस्थाहरूले कारोबार गर्दा केही सामान्य फरक पर्न सक्नेछ।