arrow

उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि रास्वपाले गर्‍यो पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै "स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा (२०८३)" पारित गरेको छ। पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले निर्वाचनका लागि योग्य उम्मेदवार तय गर्ने मापदण्डसहितको यो रूपरेखा पारित गरेको हो।

बैठकले पार्टीको आन्तरिक लोकतन्त्र र साङ्गठनिक सुदृढीकरणका लागि थप दुई महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ। जसमा संसदीय दलको संशोधित विधान अनुमोदन गरिएको छ भने पार्टीको पहिलो महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक "महाधिवेशन कार्यविधि (२०८३)" पारित गरिएको छ।

बैठकले मुलुकभर देखिएको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्याका सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ। रास्वपाले यस समस्याको स्थायी समाधानका लागि सरकारलाई एक 'अधिकार सम्पन्न प्राधिकरण' गठन गर्न सुझाव दिएको छ।

वास्तविक भूमिहीन सुकुम्बासी नागरिकहरूको संरक्षण र उचित व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै रास्वपाले प्राधिकरणको प्रतिवेदन नआउन्जेलसम्म अन्य कुनै पनि कारबाही नगर्न सरकारलाई आग्रह गरेको छ। साथै, स्थानीय तहहरूले अव्यवस्थित बस्ती र संरचना भत्काउने कार्य गर्दा मानवीय संवेदनशीलता अपनाउनुपर्नेमा पार्टीले ध्यानाकर्षण गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ