arrow

सुनचाँँदीको भाउमा भारी गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा तीन हजार आठ सय र चाँदीको एक सय ५० रुपैयाँ घटेको छ । 

मूल्य घटेसँगै मंगलबार प्रतितोला सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार र प्रति १० ग्रामको दुई लाख ४९ हजार आठ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको भाउ तोलाको दुई लाख ९४ हजार आठ सय र प्रति १० ग्रामको दुई लाख ५२ हजार सात सय ४५ रुपैयाँ रहेको थियो । 

यता, सोमबार प्रतितोला पाँच हजार ३० रुपैयाँ र प्रति १० ग्राम चार हजार तीन सय १२ रुपैयाँ रहेको असली चाँदीको भाउ मंगलबार घटेर तोलाको चार हजार आठ सय ८० र प्रति १० ग्रामको चार हजार एक सय ८४ रुपैयाँ कायम भएकोे महासंघले जनाएको छ । 

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ