arrow

परराष्ट्रमन्त्री र सार्क महासचिवबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
shishir-saarc.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारबीच शिष्टाचार भेटवार्ता भएको छ। 

मन्त्री खनालको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरूबीच क्षेत्रीय सहयोगलाई थप सुदृढ तुल्याउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

भेटका क्रममा सार्कलाई थप प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूबीच हुनुपर्ने सहकार्य र आगामी कार्यदिशाका बारेमा समेत कुराकानी भएको मन्त्रालयले बताएको छ। 

नेपालले सार्कको वर्तमान अध्यक्षको हैसियतमा खेल्नुपर्ने भूमिका र क्षेत्रीय साझा मुद्दाहरूमा सहकार्य गर्ने विषयमा पनि उनीहरूले चर्चा गरे। 

महासचिव सरवारले सङ्गठनका गतिविधिहरूलाई गति दिन नेपालले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ