अर्घाखाँचीको दुर्गाफाँटमा बस दुर्घटना: दुई जनाको मृत्यु, २२ घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
469
Shares
काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुडुलेमा मंगलबार बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य २२ जना घाइते भएका छन्।
पर्वत जिल्लाबाट अर्घाखाँचीको सुपा देउराली मन्दिर दर्शनका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवसबहादुर जिसीले दुर्घटनाको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको बताए।
दुर्घटना लगतै स्थानीय बासिन्दा र प्रहरीको टोली उद्धारमा खटिएको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिए।
घाइतेहरूलाई थप उपचारका लागि पाल्पा र अर्घाखाँचीका विभिन्न अस्पतालमा पठाउने काम भइरहेको छ।
प्रहरीले घटनाको विस्तृत विवरण र मृतकको पहिचान खुलाउन बाँकी रहेको बताएको छ।