निजी क्षेत्रमाथि सरकारले गरेको व्यवहारप्रति कांग्रेसको आपत्ति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
588
Shares
पोखरा । नेपाली कांग्रेस सभापति गगन थापाले सरकारले निजी क्षेत्रमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका छन्। नीति तथा प्रशिक्षण विभागले गण्डकी प्रदेशमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
उनले एउटा मन्त्रीलाई मन लाग्दैमा प्रहरी लगाएर उठाउने काम गलत भएको बताए । उनले राज्यले यसरी लहड र सनकका आधारमा निजी क्षेत्रमाथि व्यवहार गर्दै गयो भने अर्थतन्त्र जर्जर बनेको अवस्थामा ठूलो मूल्य चुकाउनुपर्ने सभापति थापाले दाबी गरे ।
‘निजी क्षेत्रमा गलत काम भएको भए दण्ड पाउनुपर्छ,यसमा कांग्रेस चुँइक्क पनि बोल्दैन’, उनले भने, ‘तर अनावश्यक रुपमा व्यवसायीलाई दुःख दिने काम राज्यबाट भइरहेमा हामी बोल्नुपर्छ, बोल्ने हो। सरकारलाई सम्झाउनुपर्छ ।’