काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको पहिलो दिन आज आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा ४५ सय रुपैयाँले घटेको छ।
मूल्य घटेसँगै आज छापावाला सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा ३३० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।