उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोडरेज भिजी कूलर नेपाली बजारमा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
295
Shares
काठमाडौँ। व्यावसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई ध्यानमा राखेर गोडरेजले आफ्नो नयाँ भिजी कूलर शृङ्खला नेपाली बजारमा उपलब्ध गराएको छ। आधुनिक प्रविधि, ऊर्जा दक्ष प्रणाली र प्रयोगमैत्री सुविधाले सुसज्जित यो शृङ्खला विशेष गरी पेय पदार्थ, डेरी उत्पादन तथा चिसो तापक्रममा भण्डारण गर्नुपर्ने विभिन्न सामग्रीहरूको सुरक्षित, व्यवस्थित र प्रभावकारी व्यवस्थापनका लागि डिजाइन गरिएको छ।
नयाँ शृङ्खला अन्तर्गत भिसी इडीएक्सएक्स ३९०एक्स १आरएनएल आरडब्ल्यू र भिसी इडीएक्सएक्स ३३५एक्स १आरएनएल आरडब्ल्यू मोडेल उपलब्ध छन्। यी मोडेलहरूमा क्रमशः ३६५ लिटर कुल क्षमता तथा ३४५ लिटर प्रयोगयोग्य क्षमता र ३१५ लिटर कुल क्षमता तथा २९५ लिटर प्रयोगयोग्य क्षमता रहेको छ। पर्याप्त भण्डारण क्षमताले विभिन्न व्यावसायिक आवश्यकताअनुसार उत्पादनहरूलाई व्यवस्थित रूपमा राख्न सहज हुने अपेक्षा गरिएको छ।
भिजी कलरमा समावेश लो इमिसिभिटी ग्लास प्रविधिले बाहिरी तापक्रमको प्रभाव कम गर्दै भित्रको शीतल वातावरण लामो समयसम्म कायम राख्न मद्दत गर्छ। यसले स्थिर तापक्रम कायम गर्नुका साथै ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्छ। त्यसै गरी, ठुलो इभापोरेटर फ्यानले कूलरभित्र चिसो हावालाई समान रूपमा प्रवाह गरी प्रत्येक भागमा एकरूप शीतलन सुनिश्चित गर्दछ। समान तापक्रम वितरणले उत्पादनको ताजापन र गुणस्तर लामो समयसम्म सुरक्षित राख्न सहयोग पुर्याउँछ।
उत्पादनको दृश्य प्रदर्शनलाई थप प्रभावकारी बनाउन एन्टी–कन्डेन्सेसन सिस्टम समावेश गरिएको छ। यसले काँचको सतहमा बाफ वा पानी जम्न नदिई उत्पादनहरूलाई स्पष्ट रूपमा देख्न मद्दत गर्छ। भित्री भागमा रहेको एलईडी इल्युमिनेटेड इन्टेरियरले न्यून ऊर्जा खपत गर्दै उत्पादनलाई अझ आकर्षक र व्यवस्थित रूपमा प्रस्तुत गर्छ।
उच्च तापक्रम भएका वातावरणमा पनि स्थिर कार्यसम्पादन सुनिश्चित गर्न ट्रोपिकलाइज्ड कम्प्रेसर प्रयोग गरिएको छ। यसले विभिन्न मौसमीय अवस्थामा भरपर्दो शीतलन क्षमता प्रदान गर्छ। एडजस्टेबल शेल्फ सुविधाले विभिन्न आकार तथा प्रकारका उत्पादनहरूलाई आवश्यकताअनुसार व्यवस्थित रूपमा राख्न थप सहजता दिन्छ।
ऊर्जा–कुशल कूलिङ सिस्टमले न्यून ऊर्जा खपतमार्फत प्रभावकारी शीतलन सुनिश्चित गर्दछ। यसले व्यावसायिक प्रयोगमा विद्युत् खर्च नियन्त्रणमा राख्दै दीर्घकालीन तथा भरपर्दो कार्यसम्पादन प्रदान गर्छ। ऊर्जा बचत, प्रभावकारी शीतलन क्षमता, आकर्षक डिजाइन र आधुनिक सुविधाहरूको संयोजन रहेको गोडरेजको नयाँ भिजी कूलर शृङ्खलाले व्यावसायिक प्रतिष्ठानहरूलाई थप सहज, व्यवस्थित र प्रभावकारी सञ्चालन अनुभव दिने अपेक्षा गरिएको छ।
नेपालमा सिजी इलेकट्रोनिक्सले गोडरेजका होम अप्लायन्स उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको छ। गोडरेजका भिजी कूलरका अतिरिक्त रेफ्रिजरेटर, चेस्ट फ्रीजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनर लगायतका उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आएको छ।