arrow

तोलामा १८ सयले बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा एक हजार आठ सय र सुनको ९० रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार प्रतितोला चार हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ