arrow

खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
death-tiper-driver.jpg

धादिङ । धादिङको थाक्रेमा ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको ज्यान गएको छ ।

मृत्यु  हुनेमा ३५ वर्षीय चालक देवेन्द्र खत्रीको मृत्यु भएको धादिङ प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश दहालले जानकारी दिए ।

थाक्रे गाउँपालिका-७ राम्चेस्थित बज्रकाली रोडा ढुङ्गा उद्योगको खानीमा ढुङ्गा लोड गर्न पुगेको बा५ख ८५८० नम्बरको टिपरमाथि ढुङ्गा खस्दा चालकको ज्यान गएको हो ।

प्रहरीका अनुसार ढुङ्गा लोड गर्ने क्रममा अचानक माथिबाट ठूलो ढुङ्गा खस्दा चालक खत्री च्यापिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ