नेपाललाई ईयूको कालोसूचीबाट हटाउन पुसभित्र उड्डयन प्राधिकरणको पुनःसंरचना गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
570
Shares
काठमाडौँ । नेपाललाई युरोपेली मुलुकहरूको हवाई सुरक्षा सूची (कालोसूची) बाट हटाउन आगामी पुस महिनाभित्र नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरिने भएको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।
अर्थमन्त्री वाग्लेले नेपाललाई युरोपियन मुलुकको 'एयर सेफ्टी लिस्ट' बाट बाहिर निकाल्न आगामी पुसभित्रै नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरिसक्ने स्पष्ट पारे। यस पुनःसंरचनामार्फत प्राधिकरणको नियामक (कमरेड) र सञ्चालक (सेवा प्रदायक) को भूमिकालाई पूर्ण रूपमा छुट्टाछुट्टै र पृथक् स्थापित गरिने बजेटमा उल्लेख छ।