खाइपाइ आएको तलबमा २१ प्रतिशत वृद्धि भई ग्रेडसहित न्यूनतम ४० हजार रुपैयाँ हुने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
2.2k
Shares
तस्बिर : फाइल
काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गदै चार वर्षदेखि तलब नबढेको भन्दै तलब बढाएको जानकारी जानकारी दिए ।
उनले शुरू स्केलमा १० प्रतिशत र कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताए ।
समग्रमा खाइपाइ आएको तलबमा २१ प्रतिशत वृद्धि भई ग्रेडसहित न्यूततम परिश्रमिक ४० हजार रुपैयाँ हुने पनि उनले बताए । त्यस्तै एक लाखमाथिसम्म कर्मचारीको तलब हुने पनि उनले बताए ।
वाग्लेले भने, “कर्मचारीले हाल प्राप्त गरिरहेको महङ्गी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु ।”
पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य वृद्धि सचकाङ्कमा आधारित मूल्य वृद्धि १७.३ प्रतिशत भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनस्र्थापना गर्नुपर्ने महसुस गरी तलब वृद्धि गरेको मन्त्री वाग्लेको भनाइ छ ।