arrow

पञ्चदेवल विनायकमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
accident-final.jpg

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका ४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु  भएको छ । 

तीन जना घाइते भएका छन् । दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो । 

दुर्घटनामा घाइते भएका मकवानपुर, हेटौँडा उपमहानगरपालिका बस्ने वर्ष ४१ का नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका ५ बस्ने ४५ वर्षका रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

उनका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका–१० बस्ने २७ वर्षका सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउपालिका ४ बस्ने अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज उपमहागरपालिका ५ बस्ने २८ वर्षे राज राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ । 

घाइतेहरुको बेलखेतबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पुर्याएको थियो । उनीहरूको उक्त अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ