arrow

बगुवा खोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालकले हाम फालेर जोगाए ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
Accident-sign.jpg

काठमाडौँ । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गएराति दुर्घटना भएको हो। 

दुर्घटनामा परि हेटौँडा उपमहानगरपालिका–३ का ३० वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएको छ।

खोलामा डुबेको ट्रकलाई यान्त्रिक सहायता (क्रेन वा अन्य साधन) को प्रयोग गरेर गएराति नै बाहिर निकालिएको थियो। चालक बर्तौलाको शव ट्रकको चालक सिटमै फेला परेको प्रवक्ता काफ्लेले जानकारी दिए। 

ट्रकका सहचालकले भने दुर्घटना हुनुभन्दा अगावै ट्रकबाट हामफालेर आफ्नो ज्यान जोगाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ