arrow

बजेटको असर सुन बजारमा, एकै दिन २० हजार पाँच सय बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो । 

जसको कारणले नेपाली बजारमा एकै दिन सुनको भाउ तोलामा २० हजार पाँच सय र चाँदीको तीन सय पाँच रुपैयाँ बढेको छ । 

मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ९० हजार छ सय रुपैयाँ रहेको थियो । 

यता, गत शुक्रबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार बढेर पाँच हजार तीन सय ४५ रुपैयाँ पुगेको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ