प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न विपक्षी दलहरूको बैठक
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
794
Shares
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न विपक्षी दलहरूको बैठक बोलाएका छन्।
प्रधानमन्त्री वालेन्द्र साहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न यो बैठक बोलाइएको उनको सचिवालयले बताएको छ।
नेता आङ्देम्बेले आह्वान गरेको यस बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पालर्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई आमन्त्रण गरिएको छ।
आज दिउँसो १ः०० बजे प्रतिनिधिसभा र १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्ने कार्यसूची रहेको छ। संसद् बैठक सुरु हुनअघि प्रमुख विपक्षी दलले सबै विपक्षी दलहरूलाई एकै ठाउँमा राखेर रणनीति तय गर्न यो बैठक गर्न लागेको हो।