arrow

कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन गरेको होइन: भीष्मराज आङ्देम्बे

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
bhisma-raj-angdanbe.jpg

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन नगरेको स्पष्ट पारेका छन्। 

कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न नमिल्ने उनको भनाइ छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको जानकारी दिँदै आङ्देम्बेले यसको उद्देश्य संसदीय कामलाई प्रभावकारी बनाउनु मात्र रहेको बताए। 

उनले यो कदम सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्नका लागि नभएको समेत प्रष्ट पारे।

विगतमा नेपाली राजनीतिमा ‘छायाँ सरकार’ भन्ने शब्दावली प्रयोग हुने गरेको भए पनि अहिले कांग्रेसले त्यस्तो कुनै संरचना नबनाएको उनले प्रष्ट पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ