काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ। समितिका सचिव दिनेश थापामगरले एक विज्ञप्ति जारी गर्दै बिहीबारका लागि औपचारिक रूपमा बैठक आह्वान गरिएको जानकारी दिएका हुन्।
उक्त बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने तय भएको छ। बैठकमा सहभागी हुनका लागि समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध समेत गरिएको छ।
यस पटक बस्न लागेको बैठकमा पार्टीको आन्तरिक अनुशासनलाई सुदृढ बनाउने, विभिन्न तहबाट प्राप्त भएका उजुरीहरूमाथि छानबिन गर्ने तथा समितिको भावी कार्ययोजना तय गर्ने विषयमा विस्तृत छलफल हुने बताइएको छ।