arrow

सञ्चारमन्त्री तिमिल्सिनासँग स्टारलिंककी निर्देशक हन्टरको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
bikram-timilsina-20-02.jpg

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना र स्टारलिंककी निर्देशक रेबिका हन्टरबीच मंगलबार भेटवार्ता भएको छ।

मन्त्रालयमा भएको भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानूनी जटिलताका कारण हालसम्म अनुमति प्राप्त गर्न नसकेको बताएकी थिइन्।

लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व कायम भएमात्र अनुमति लिन सकिने धारणा उनले राखिन्।

उनले व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही इन्टरनेट सेवा प्रदायकहरूसँग छलफल भइरहेको जानकारी पनि गराइन्।

भेटका क्रममा मन्त्री तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानूनी व्यवस्थाअनुसार वैधानिक प्रक्रिया पूरा गरी सेवा सञ्चालन गर्न चाहने कुनै पनि कम्पनीलाई अवरोध नहुने स्पष्ट पारे।

उनले नेपालका कानून र नियामकीय व्यवस्थाअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि सेवा सञ्चालनको बाटो खुला रहने बताएका छन्।

नेपालमा स्टारलिंकको सम्भावित प्रवेशलाई दुर्गम तथा भौगोलिक रूपमा कठिन क्षेत्रमा उच्चगतिको इन्टरनेट पहुँच विस्तारसँग जोडेर हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ