मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, चालक गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
149
Shares
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा गएराति भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना५ख १७५७ नम्बरको ट्रकमा ग१०प २२८७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक २६ वर्षीय भारतीय नागरिक विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन् । टाउको र शरीरका विभिन्न भागमा चोट लागेका श्रीवास्तवको हाल चितवनस्थित पुरानो मेडिकल कलेज (सीएमसी) मा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिसकेको छ ।