arrow

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
rsp-party-rastriya-swatantra -party.jpg

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाको पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा नौ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतिबाट चयन गरेको छ। नवनिर्वाचित सभापति ऐडी यसअघि जिल्ला समितिको उपसभापति पदमा कार्यरत थिए।

सम्पन्न पहिलो जिल्ला भेलाले समितिको उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बाहेरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको छ। यसै गरी कार्य समितिको सदस्यहरूमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र अस्मिता बुढा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

जिल्ला कार्य समितिको सभापति पदमा चयन भएपछि लक्ष्मण ऐडीले हुम्लाका नागरिकको हकहित, समग्र जिल्लाको विकास तथा देश र जनताको सेवामा निरन्तर र निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रास्वपाले हुम्लामा पहिलो पटक औपचारिक भेला आयोजना गरी नयाँ नेतृत्वको टुङ्गो लगाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ