काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको नयाँ सभापतिमा सागर दाहाल निर्वाचित भएका छन्। सम्पन्न जिल्ला अधिवेशनको मतपरिणाम अनुसार दाहालले १४२ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरेका थिए।
अधिवेशनले उपसभापति पदमा १९७ मतका साथ राजेशमान श्रेष्ठलाई निर्वाचित गरेको छ। उनकी प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरेकी थिइन्। यसै गरी, पार्टीको सुनसरी जिल्ला सचिवमा राजारामकुमार मेहता र सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत रूपमा चयन भएका छन्।
जिल्ला कार्यसमितिको सदस्यहरूमा पनि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ। सदस्य पदमा लक्ष्मी सुवेदी २०९ मत, राजकुमारी मेहता १६९ मत, धर्मवीरकुमार आर्य ११२ मत, रेणुका हरिजन १०९ मत तथा गोकुल थापा १०७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। रास्वपाको देशव्यापी जिल्ला अधिवेशन अभियानअन्तर्गत सुनसरीमा यो नयाँ नेतृत्व चयन भएको हो।