दक्षिण कोरियाको शानदार पुनरागमन, चेक गणतन्त्रसँग १-१ को बराबरी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
267
Shares
काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रविरुद्ध बराबरी गोल फर्काएको छ।
शुक्रबार जारी खेलको ६७औँ मिनेटमा ह्वाङ इन-बोमले गोल गर्दै दक्षिण कोरियालाई १-१ को बराबरीमा ल्याएका हुन्।
चेक गणतन्त्रले खेलको ५९ औँ मिनेटमा लाजिस्लाभ क्रेजिसले गोल गरेका हुन् । भ्लादिमिर कौफालको पासमा क्रेजिसले गोल गरेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दक्षिण कोरियाले शुरूदेखि नै बलमाथि नियन्त्रण राख्दै लगातार आक्रमण गरेको थियो। तर गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा चेक गणतन्त्रले दोस्रो हाफमा अग्रता लिएको थियो।
अग्रता गुमाएपछि आक्रामक खेल प्रस्तुत गरेको दक्षिण कोरियाले अन्ततः ह्वाङ इन-बोमको गोलमार्फत खेलमा पुनरागमन गर्दै बराबरी कायम गर्न सफल भएको हो।
समाचार तयार पार्दासम्म दक्षिण कोरिया र चेक गणतन्त्रबीचको प्रतिस्पर्धा १-१ को बराबरीमा जारी छ।
समूह ‘ए’ को यसअघिको खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै विजयी शुरूआत गरेको थियो।