arrow

सरकारको सुशासन नारामै सीमित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
bharat-bahadur-khadka-29-02.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले सुशासनको नारासँग मेल नखाने काम गरेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको र सो समितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाएका छन्।

उनले भने, ‘माननीय गृहमन्त्रीज्यूमा प्रश्न उठेपछि छलछाम समिति बनाइयो। सुनिन्छ, समितिले चोख्याएर प्रतिवेदन बुझायो रे, उक्त प्रतिवेदन सार्वजनिक नगरी उहाँलाई पुनः गृहमन्त्री बनाइयो।’

सांसद खड्काले छानबिन प्रतिवेदन सार्वजनिक नभएकै अवस्थामा पुनः जिम्मेवारी दिइनु सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउने विषय भएको बताए।

उनले सरकार एकातिर सुशासनको नारा लगाउने र अर्कोतर्फ विवादित व्यक्तिलाई नै जिम्मेवारी दिने काम भइरहेको टिप्पणी गरे।

उनका अनुसार सरकारले आफैं न्यायाधीश र आफैं पुरस्कार दिने शैली अपनाएको देखिन्छ। उनले सुशासन र पारदर्शिताबारे भाषण मात्र नभई व्यवहारमै सुधार आवश्यक रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ