“हरेक घरको खुसी, घर-घरमा एलजी” अभियान अन्तर्गत एलजीले नयाँ एसेंशियल सिरिज घरेलु उपकरण सार्वजनिक गर्यो
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
113
Shares
काठमाडौँ। एलजी इलेकट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सिजी इलेकट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण शृङ्खला एलजी एसेंशियल सिरिज सार्वजनिक गरेको छ। काठमाडौँस्थित भिवान्ता काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उक्त शृङ्खलाको औपचारिक अनावरण गरिएको हो।
“हरेक घरको खुसी, घर-घरमा एलजी” अभियानअन्तर्गत सार्वजनिक गरिएको एसेंशियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास रहेको छ।
नयाँ शृङ्खलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल डोर रेफ्रिजरेटर, फुली अटोमेटिक टप लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन्। यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सिजी इलेक्ट्रोनिक्सबीचको दीर्घकालीन सहकार्यलाई स्मरण गर्दै एसेंशियल सिरिजले नेपाली उपभोक्ताहरूका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
त्यसै गरी, एलजी इलेकट्रोनिक्स सिंगापुरका होम अप्लायन्स सोलुसन–प्रोडक्ट डाइरेक्टर चाङ्हो हानले नेपाली उपभोक्ताहरूबाट प्राप्त व्यापक निष्कर्षका आधारमा एसेंशियल सिरिज विकास गरिएको जानकारी दिँदै यसले स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने बताए। उनका अनुसार, आधुनिक डिजाइन र भरपर्दो कार्यसम्पादनको संयोजन रहेको यो शृङ्खलाले नेपाली परिवारहरूको दैनिक जीवनलाई थप सहज, सुविधाजनक र समृद्ध बनाउनेछ।
नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरू
एलजी एसेंशियल सिरिज डबल–डोर रेफ्रिजरेटर
फ्रस्ट–फ्री टेक्नोलोजी सहितको यस रेफ्रिजरेटरले म्यानुअल डिफ्रस्टिङको आवश्यकता हटाउँछ। स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्छ।
एलजी एसेंशियल सिरिज फुली अटोमेटिक टप–लोड वासिङ मेसिन
नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर तथा आईपीएक्स४ प्रमाणित वाटर–रेसिस्टेन्स कन्ट्रोल प्यानल जस्ता सुविधाहरू समावेश छन्। साथै लो–प्रेसर फिल टेक्नोलोजीले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्छ।
एलजी एसेंशियल सिरिज रुम एयर कन्डिसनर
ऊर्जा–दक्ष प्रविधिसहितको यस एयर कन्डिसनरले प्रभावकारी कूलिङ तथा हिटिङ सुविधा प्रदान गर्छ। परम्परागत नन–इन्भर्टर एयर कन्डिसनरको तुलनामा कम बिजुली खपत गर्ने यस उत्पादनमा वातावरणमैत्री आर३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको छ। साथै न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्छ।
एलजी एसेंशियल सिरिजको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु हुने कम्पनीले जनाएको छ। प्रारम्भिक मोडेलहरूको मूल्य करिब रु. ४९,६९० बाट सुरु हुनेछ । उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टी–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्म मार्फत उपलब्ध हुनेछन् ।
सिजी इलेकट्रोनिक्स बारे
सीजी कर्प ग्लोबल अन्तर्गत रहेको सिजी इलेकट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको एक मात्र आधिकारिक वितरक हो। एलजी इलेकट्रोनिक्स इन्क. सँगको चार दशकभन्दा लामो सहकार्यमार्फत कम्पनीले एलजीलाई नेपालको अग्रणी तथा विश्वासिलो उपभोक्ता इलेकट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।
एलजी इलेकट्रोनिक्स इन्क. बारे
एलजी इलेकट्रोनिक्स इन्क. घरेलु उपकरण, उपभोक्ता इलेकट्रोनिक्स तथा एयर सोलुसन क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी हो । नवीन प्रविधि, ऊर्जा–दक्ष उत्पादन तथा ग्राहक केन्द्रित डिजाइनका लागि परिचित एलजीले विश्वभरका उपभोक्ताहरूलाई दैनिक जीवनलाई सहज र समृद्ध बनाउने समाधानहरू उपलब्ध गराउँदै आएको छ।
उल्लेखित मूल्य सूचक मात्र हुन् र परिवर्तन हुन सक्नेछन्। यसमा जडान, कर तथा अन्य सेवा शुल्कहरू समावेश नभएको हुन सक्छ। नियामक निकायहरूको स्वीकृति तथा आपूर्ति शृङ्खलाको अवस्थाअनुसार उपलब्धता फरक हुन सक्छ। लो–प्रेसर सुविधा ०.५ बारभन्दा माथिको पानीको दबाबमा प्रभावकारी रूपमा सञ्चालन हुने गरी डिजाइन गरिएको छ, जसले उत्कृष्ट कार्यसम्पादन सुनिश्चित गर्दछ। उत्पादनको लेबलमा उल्लेख गरिएको आईपीएक्स४ रेटिङका आधारमा, अगस्ट २०२५ मा तेस्रो–पक्ष प्रयोगशालाद्वारा परीक्षण गरिएको हो। वास्तविक प्रयोगको वातावरणअनुसार नतिजाहरू फरक हुन सक्नेछन्।