काठमाडौँ । विश्वकप महिला टी–२० क्रिकेटमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।
इङ्गल्याण्डको लिड्समा भएको खेलमा भारतले नेदरल्याण्ड्सलाई ९५ रनले हराएको हो ।
खेलमा पहिले ब्याटिङ्ग गरेको भारतले ५ विकेटको क्षतिमा २०९ रन बनायो । स्मृती मन्धनाले ४७ बलमा ७४ रन बनाइन् । पहिलो विकेटका लागि स्मृतीसँग मिलेर ११५ रनको साझेदारी गर्ने क्रममा शेफाली वर्माले ३८ बलमा ५५ रन जोडिन् ।
जवाफमा नेदरल्याण्ड्सले १७.३ ओभरमा अलआउट हुँदै ११४ रनमात्र बनाउन सक्यो । श्री चरनीले ४ तथा शेफालीले ३ विकेट लिइन् ।