arrow

शुक्लाफाँटाका विस्थापितको समस्या सुल्झाउन चार सदस्यीय समिति गठन 

एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
suklafata-nikunja.jpg

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको दीर्घकालीन समस्या समाधानका लागि चार सदस्यीय अध्ययन समिति गठन गरेकी छन्। 

मन्त्रालयका अनुसार यो समितिलाई हालसम्म गठन भएका विभिन्न आयोगका सिफारिसहरूको गहिरो अध्ययन गरी एक महिनाभित्र विस्थापित परिवारको उचित व्यवस्थापनका लागि स्पष्ट मार्गचित्र तयार गर्ने जिम्मेवारी दिइएको छ। समितिले समस्या समाधानका ठोस उपाय, कार्यान्वयनका तरिका तथा आवश्यक सिफारिसहरू सरकारसमक्ष पेस गर्नेछ।

समितिलाई विगतका आयोगहरूको प्रतिवेदन अध्ययन गर्नुका साथै आवश्यक परे नयाँ आयोग गठन गर्नुपर्ने आधार र त्यसको कार्यादेश (टीओआर) समेत तयार गरी सुझाव दिन भनिएको छ। 

मन्त्री चौधरीले वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुञ्जमा स्तरोन्नति हुने प्रक्रियामा निकुञ्जभित्र रहेका बस्तीहरू स्थानान्तरण गरिए पनि जग्गा तथा पुनःस्थापनासम्बन्धी समस्या हालसम्म सुल्झिन नसकेकाले यो समिति गठन गरिएको बताइन्

। सरकारले यस समितिको प्रतिवेदनका आधारमा शुक्लाफाँटाका विस्थापित परिवारहरूको व्यवस्थापनका लागि आवश्यक नीति तथा कार्यक्रम अघि बढाउने तयारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ