arrow

ग्लोबल आइएमई बैंकको फिदिम एक्सटेन्सन काउण्टर शाखामा परिणत  

logo
प्रकाशित २०७४ असार ५ सोमबार
global-ime-bank.jpg

काठमाडौं। ग्लोबल आइएमई बैंकले यहीँ असार ५ गतेदेखि फिदिम एक्सटेन्सन काउण्टरलाई आफ्नो शाखामा परिणत गरेको छ। पाँचथर जिल्लाको आर्थिक गतितिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यले बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई शाखामा परिणत गरेको हो।

यस संगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९६ पुगेको छ। उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने शाखा बैंकको रहेको छ।

मुलुकका १४ वटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकको ९६ शाखा, ५ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, एक सय १० वटा एटिएम, ४६ वटा  शाखारहित बैंकिङ्ग सेवा र  ६ लाख भन्दा बढि ग्राहक रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ