arrow

ग्लोबल आइएमई बैंकको नयाँ कर्पोरेट कार्यालय संचालनमा

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
global-Ime.jpg

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले ११औँ वार्षिकोत्सवको अवसरमा नयाँ कर्पोरेट/रजिष्टर्ड कार्यालय संचालनमा ल्याएको छ।

कार्यालयको मंगलवार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवि नेपाल उदघाटन गरे। सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको ग्लोबल आइएमई बैंकले ११ वर्षमा आफ्नै कर्पोरेट/रजिष्टर्ड कार्यालय स्थापना गर्न सफल भएको छ।

सो अवसरमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सफलताहरुको श्रेय ग्राहक, सेयर होल्डर, शुभचिन्तक तथा कर्मचारीहरुलाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो। ग्लोबल आइएमई बैंकले स्थापना कालदेखि नै रेमिट्यान्स सेवामा जोड दिँदै आएको छ।

११ औँ वार्षिकोत्सवकै अवसरमा एकै दिन बैंकले ५ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ। बैंकले नवनिर्मत भवन कमलादी, भक्तपुर जिल्लाको गोठाटार, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, गुल्मी जिल्लाको गौडाकोट र झापा जिल्लाको दमक नगरपालिकामा गरी ५ शाखाहरु सञ्चालनमा ल्याएको हो। ति ५ शाखा संचालनमा ल्याएसँगै हाल कुल संख्या ११३ पुगेको छ।

बैकले अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि तथा सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ। साथै कोरिया, भारत, मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा प्रदान गर्दे आइरहेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ