arrow

आइएमई–ग्लोबल आइएमई फोटो प्रतियोगिता तथा प्रदर्शनी हुने

logo
प्रकाशित २०७५ जेठ २३ बुधबार
Photo_Contest_Announcement-03.jpg

काठमाडौँ । फोटो पत्रकार क्लब (पिजे)को आयोजनामा हुने आइएमई–ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता तथा प्रदर्शनी–२०७५ को घोषणा भएको छ ।

पिजे क्लबद्वारा बुधवार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालको फोटोग्राफी तथा फोटो पत्रकारितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्वन गर्ने उदेश्यले आयोजित उक्त प्रतियोगितामा विभिन्न सात विधाका फोटो समावेश गरिने आयोजकका अध्यक्ष विकास कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीको अनुसार प्रतियोगितामा संस्कृति र पर्यटन, प्रकृति र वन्यनन्तु, दैनिक जीवन, समाचार, नेपाल स्माइल्स, खेलकूद र फोटो कथा समावेश गरिएको छ । त्यस्तै समाचार फोटो विधामा विसं २०७३ वैशाख १ देखि २०७४ चैत मसान्तसम्म खिचिएका तस्बिरले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् भने अन्य विधामा समयसीमा तोकिएको छैन ।

प्रतियोगितामा सबै विधाबाट उत्कृष्ट छनोट हुने १६० फोटोलाई आगामी साउन १५ देखि २१ गतेसम्म बबरमहलस्थित आर्ट काउन्सिलमा प्रर्दशनीमा राखिनेछ भने त्यसपछि नेपाल फोटो टुरअन्तर्गत नेपालका प्रमुख शहर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढीलगायतको स्थानमा पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।


प्रतियोगी फोटाबीच प्रतिष्पर्धाबाट एउटालाई उत्कृष्ट छनोट गरी ‘आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ दि इयर’ घोषणा गरिनेछ । उक्त विधाका विजेताले रु एक लाख पुरस्कार पाउनेछन् । त्यस्तै अन्य विधामा प्रथम दोस्रो र तेस्रो हुनेले क्रमशः रु ३० हजार, २० हजार र १० अजार पुरस्कार प्राप्त गर्नेछन् । फोटो पठाउने अन्तिम मिति भने आगामी असार ६ गते राति १२ बजेसम्म रहेको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले क्लबको वेवसाइटमा गएर फोटो पठाउन सकिने आयोजकले जनाएको छ । उक्त प्रतियोगितको निर्णायकमा दक्षिण एसिया तथा भारतका वरिष्ठ फोटोग्राफर पाब्लो बारथोलोमिओ, वरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधन, वरिष्ठ फोटोपत्रकार चन्द्रशेखर कार्की, मणि लामा, सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी)का फोटोपत्रकार प्रकाश माथेमा छन् । रासस  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ