ग्लोबल आइएमइ बैंकको एक सय ३२औं शाखा गोरखाबजारमा

प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार , १,१९४ पटक हेरिएको

काठमाडौं। ग्लोबल आइएमई बैंकले गोरखाबजारमा नयाँ शाखा स्थापना गरेको छ। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङले  संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन्। शाखामा एटिएम पनि जडा गरिएको छ। एटिएमको उद्घाटन भने गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरेकी छिन्। 

यो सगै बैंकको गोरखा जिल्लामा तीन शाखा पुगेको छ। बैंकको देशभरी एक सय ३२ शाखा संख्या पुगेको छ। एटिएमको संख्या एक सय ३७ पुगेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ