- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपालमा अहिले मोबाइल प्रयोगकर्ताहरुको संख्या कूल जनसंख्याको १ सय ३५ प्रतिशत पुगिसकेको छ। ब्रोड बैंक प्रयोगकर्ताहरु पनि ५३ प्रतिशत भन्दा बढी छन्। आम मानिस यति धेरै प्रविधिमैत्री बनिरहेको बेलामा करिब २ वर्ष अघि नेपाल राष्ट्र बैकबाट इलेक्ट्रोनिक पेमेन्ट प्रणाली सेवा सञ्चालनको पहिलो अनुमति पाएको आइएमर्इ समूहले आइएमर्इ-पेको नामबाट आफ्नो सेवा सञ्चालन गर्दै आएको छ । सेवाको हालसम्म औपचारिक सुरुवात गरिनसकेको भएपनि आइएमर्इ-पे अहिलेबजारमा ठूलो प्रभाव कायम राख्न सफल छ । मोबाइल वालेट सेवामार्फत् सबै प्रकारका मोबाइल तथा टेलिफोन सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, केबलकार तथा देशभर रहेका विद्युत् प्राधिकरणका शाखा, खानेपानी लगायत अधिकांश सेवा केन्द्रहरुसँग अनलाइन भुक्तानी प्रणालीसँग जोडिइसेको आइएमर्इ-पेले हाल विभिन्न एयरलाइन्स कम्पनी, होटल, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स लगायत स-साना व्यापारिक फर्महरुसँगसमेत सम्पर्क स्थापितगरी भुक्तानी सेवा प्रदान गर्ने/गराउने अभियानमा छ। यसै सन्दर्भमा आइएमर्इका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसँग प्रविधिको विकाससँगै बढ्दै गएको डिजिटलार्इ जेसन प्रविधिको प्रयोग, इ-पेमेन्ट प्रणाली र यसमा आर्इएमर्इ-पेको भूमिमा लगायत विषयमा केन्द्रीत रही हाम्राकुरा डटकमले गरेको कुराकानी कोसम्पादित अंश :
रेमिटेन्सक्षेत्रबाट नेपाली बजारमा प्रवेश गरेको आइएमर्इ समूह अहिले इ-पेमेन्ट सेवा सञ्चालनमा समेत अघि बढेको छ, इ-पेमेन्टको भविष्य कस्तो देख्नुहुन्छ ?
हाम्रा बजारहरु विश्वव्यापी रुपमा पछिल्लो समय परिवर्तन हुँदै आएका छन्। अहिलेसम्म परम्परागत रुपमा चलिरहेका सबै व्यवसायहरु पूरै डिजिटल प्रविधिमा आधारित हुन थालिसकेका छन्। हामी यसको लागि धेरै टाढा जानै पर्दैन। छिमेकी मुलुक भारतमा पनि नोटबन्दी पछि जुन तहबाट डिजिटल पेमेन्ट कम्पनीहरुको विकास भयो त्यो त हामीले देखिरहेका नै छौ। अर्को छिमेकी मुलुक चीनमा पनि डिजिटल प्रविधिको प्रयोग पर्याप्त देख्न सकिन्छ। त्यसैले पूरै विश्व नै अब परम्परागत प्रविधिबाट डिजिटल प्रविधितिर परिवर्तन हुँदैछ भन्नेमा कुनै शंका छैन। यसरी समग्र क्षेत्रमा भएको डिजिटल प्रविधिको विकासले रेमिट्यान्स क्षेत्रलाई पनि प्रभावित पार्न छाडेन। रेमिट्यान्स क्षेत्रकै कुरा गर्दा आजको दिनमा विश्व बजारमा ठुलो रेमिटेन्स कारोबार गर्ने कम्पनीहरुकोझण्डै २० प्रतिशत हिस्साडिजिटल प्रविधिमा गईसकेको छ। समग्रमा भन्ने हो भने इ-पेमेन्टको भविष्य मैले एकदमै राम्रो देखेको छु ।
विश्व नै डिजिटल प्रविधिको रफ्तारमा बगिरहेको बेलामा तपार्इंहरुले आइएमर्इ पेलार्इ कुन स्थानमा पुर्याउने उद्देश्य राख्नुभएको छ ?
अब प्रविधिको विकासलाई युरोपमा हेर्नुहुन्छ भने त्यहाँ त झनै परम्परागत रेमिटेन्सलाई डिजिटल रेमिटेन्सले विस्थापन नै गरिसकेको छ। धेरै रेमिट्यान्स कम्पनीहरू जसले अहिले पूरापुर डिजिटल रेमिट्यान्स सेवा दिने गरेका छन्। अझै विशिष्ठ रुपमा गएर हेर्नुहुन्छ भने बैंकहरुले समेत परम्परागत प्रविधिभन्दा माथि गएर ब्लक चेनमा आधारित प्रविधि अवलम्वन गर्न थालिसके। यसकारण हामी भन्न सक्छौं कि विश्व नै डिजिटल प्रविधिको रफ्तारमा बगिरहेको बेलामा हामी चाहिँ किन परम्परागत प्रविधिको उल्झनमा अल्झने ? परम्परागत रेमिटेन्समा देखिएका व्यवहारिक झन्झट जस्ता विषयहरुका कारण यसले हाम्रो सेवालाई पनि महँगो बनाईरहेको छ।
यसको प्रतिस्थापन गरेर सहज र सस्तो सेवा किन नलिने ? त्यसैले नै हामी यो क्षेत्रमा आएका हौं। विश्वभरीको यो अभ्यास हामी देख्न सक्छौं सबै देशहरु रेमिटेन्स सेवामा तिर्नुपर्ने शुल्कलाई घटाउन चाहन्छन्। यो घटाउनको लागि एकदमै सहज बाटो भनेको मात्रै डिजिटल प्रविधिको प्रयोग हो। अहिले मान्छेहरु कस्तो भए भने विशेषगरी पछिल्लो पुस्ताका मानिसहरु त सबै कारोबारहरु मोबाईलबाट नै गर्न सुरु थालिसके। अबको जमाना भनेको पनि यस्तै हो। त्यसैले विशेषगरी त्यही पुस्ताको आवश्यकता पूरा गर्ने उद्देश्य बोकेर हामी आएका हौं ।
परम्परागत प्रणाली हुँदाहुँदै यो प्रणालीको आवश्यकता विश्वलार्इ किन पर्यो ?
मोबाईलबाट र वालेट मार्फत् नै हुन्छन् सबै कुराहरु। नेपालभन्दा विकसितदेशहरुमा त यसको प्रयोग झनै बढेको छ। विशेषगरी यूरोपका शहरहरुमा त अहिले कुनै पनि बील भुक्तानी गर्नको लागि कार्डको प्रयोग समेत गर्दैनन्। हामी रेस्टुरेन्टमा पैसा तिर्नको लागि कार्ड लिएर अघि बढ्दा उनीहरु त पैसा तिरेर हिँडिसकेका हुन्छन्। मैले यो कुरा जोड्न खोजेको किन भने अब मानिसहरुले आफ्नो समयलाई एक मिनेट पनि कुर्न सक्दैन। त्यसैले यसको विश्वलार्इ नै आवश्यकता परिरहेको छ।
के यसको नेपाली बजारमा आकर्षण छ ?
विल्कुल छ । नेपालमा अहिले मोबाइल प्रयोगकर्ताहरुको संख्या कूल जनसंख्याको १ सय ३५ प्रतिशत पुगिसकेको छ। ब्रोडबैंक प्रयोगकर्ताहरु पनि ५३ प्रतिशत भन्दा बढी छन्। यस्ता सेवाग्राहीहरुको लागि पनि डिजिटल प्रविधिको महत्व रहेको छ। अब यसको बजारको कुरा गर्नुहुन्छ भने म उदाहरण दिन चाहन्छु भाइवर लागायतका विभिन्न सामाजिक संजालको । आखिर नेपालमा बजार छ तिनैले प्रमाणित गरिदिइसकेकाछन्।
यसरी यी सबै आधारभूत विषयहरुले र सरकारको पनि डिजिटल प्रविधिको प्रयोग तर्फ नै प्राथमिकता देखिएको अवस्थामा हामीले पनि जनतालाई परम्परागत सेवामा नै सीमित गराउन चाहेनौं। सरकारको अहिले त डिजिटल प्रविधि प्रयोगको लागि प्रोत्साहित गर्ने नीति पनि बनिसक्यो र राष्ट्र बैंकको निर्देशनहरु सबै आईसक्यो अब ऐन बन्ने प्रक्रियामा छ। यसरी सरकार र सेवाग्राहीहरु पनि यसै तर्फ आकर्षित भईरहेको यो समयमा आजभन्दा दुई दशक अघि रेमिटेन्स सुरु सेवा सुरु गरेका हामीहरुको लागि पनि डिजिटल दुनियाँमा प्रवेश गर्नु एउटा राम्रो समय हो भन्ने सोचेर हामीले यसको विकास तर्फ कामहरु अघि बढाएका हौं।
तपाईँहरुका प्रतिस्पर्धीहरु बजारमा अगाडि नै आइसकेका छन् । आक्रामक प्रचारमा नलागेका तपार्इहरुको चाहिँ बजारमा अहिलेको अवस्था कस्तो छ ?
अहिले त बजार सर्वेक्षणमा नै लागि रहेकोले हामी आन्तरिक रुपमा तीब्र तयारीमा छौं र बाहिर अरुसँग खुलेर प्रतिस्पर्धामा आएका छैनौं। फेरि यो क्षेत्र यसभन्दा अगाडि कुनै अध्ययन भएर बजारको माग यस्तो छ भन्ने विश्लेषण गरिएको क्षेत्र पनि होईन। सबै केही समयमात्रै भयो यो क्षेत्रमा बढी भिजेर लागेको छ। अहिले पनि सेवाको झण्डै ९९ प्रतिशत त एजेन्टबाट नै हुने व्यवसाय छ। ग्राहकले भुक्तानी गर्ने रकम कुनैपनि सेवा प्रदायक कम्पनीको खातामा भुक्तानी गर्नुपर्छ। आफ्नै खाताबाट यसको सेवा लिन थालेको त कति भयो र ? हामी त वि टु बी मोडलका त पायोनियर हौं। त्यस्तो सेवा त हामीले त २० वर्ष अघिदेखि सुरु गरेका हौं। वि टु सीको क्षेत्रमा त बजारमा कसैको पनि खासै केही प्रगति हुनै सकेको छैन। हाम्रा प्रतिस्पर्धीहरुले पनि यसको लागि राम्रै काम गरिरहनुभएको छ। हामी पनि यसमा लागिरहेका छौं। मोबाईल बैंकिङलाई छाडेर हेर्ने हो भने त भुक्तानी गर्ने सेवाप्रदायकहरुको मोबाइल र वालेटमा डाउनलोड ठुलो सङ्ख्यापुगेको छैन भन्ने मलाई लाग्छ।
यस्तो अवस्थामा प्रतिस्पर्धाको रणनीति आइएमई पे ले कसरी तय गरेको छ ?
वि टु सी लाई विस्तार गर्न त हामी सबैले धेरै संघर्ष नै गर्नुपर्छ। यसमा सिकाउनु पर्ने कुरा धेरै छ। हामीले मोबाईलमा पैसा राखेर त्यसैबाट कारोबार हुन्छ भन्नेकुरा धेरैलाई विश्वास गराउनै पर्ने छ। हामीले ग्राहकलाई चेतना नफैलाएसम्म यो प्रणालीप्रति विश्वास बढाउन मुस्किल छ। अब रणनीतिको कुरा गर्दा सबैभन्दा पहिला सेवाग्राहीहरुको स्थिती र उनीहरुको भावना बुझ्नु पर्छ। ग्राहकको भावना नबुझिकन हामीहरु यस्ता सुविधा दिन्छौं, यति पैसा फिर्ता दिन्छौं भनेर त्यो केही समयको लागि त होला तर, त्यो दिगो हुँदैन । हामीले त बजारलाई वा प्रयोगकर्ताहरुलाई सिकाउँदै जानुपर्छ । हाम्रा रणनीतिहरु यसै तर्फ केन्द्रीत हुनेछन् । मूल कुरा त मान्छेमा विश्वास हुनुपर्यो । हामीहरुकै कुरा हेरौं न अहिले एटिएम कार्ड बोकेर हिँड्नु पर्यो भने एक दुई हजार खल्तिमा नबोकी हिँड्दैनौं । कहाँ चल्ने हो कि नचल्ने हो थाहा छैन । त्यसैले यति धेरै इतिहास भएको बैंकमा त मानिसहरुलाई अझै पूर्णविश्वास छैन भने तपाईँको वालेटमा नै खाता छ यही क्यास छ भनेर त पत्याउनको लागि पनि केही समय लाग्छ । हामी सबैभन्दा पहिले यसको विश्वास दिलाउने प्रयासमा छौं । अहिले हाम्रो प्राथमिकता जनतालाई अनेकानेक सेवा दिन्छु भनेर महत्वाकांक्षी आशा देखाउने भन्दा पनि प्रपर पेमेन्टको एउटा प्लेट फार्म बनाउँदै जाने तयारीमा छौं । भन्नुको अर्थ हामी सबैभन्दा पहिले त प्रयोगकर्ताहरुले आइएमई पेमा आएपछि मात्रै पैसा ट्रान्सफरको सुविधा पाउँदैनन् कि यसमै बैंकिङ र इन्सुरेन्स लगायतकासुविधा पनि मिलोस् भन्ने सोचाईले हामीहरु अघि बढिरहेका छौं ।
सरकारले प्रविधिको विकासलार्इ प्रोत्साहन गर्ने भनेर नीति त ल्याएको छ । तर, व्यवहारिक रुपमा सरकारी निकायको तर्फबाट के कस्ता समस्याहरु भोगिरहनु भएको छ ?
केन्द्रीय बैंकको अहिलेको नीतिले हामीहरुलाई केही समस्या भएको महसुस गरेका छौं । यो सँगसँगै सेवाप्रदायक कम्पनीहरुलाई सरकारी निकायले पनि आवश्यक सहयोग गरिदिनु पर्छ । अहिले जुन एक पटकमा ५ हजार भन्दा बढी कारोबार गर्न नपाईने व्यवस्था छ यसले सेवाग्राहीहरुलाई नै समस्या हुने मैले देखेको छु । २५ हजार भन्दा बढी त वालेटमा राख्नै मिल्दैन । एक पटकमा ५ हजार, दिनमा १५ हजार र अधिकतम २५ हजार भन्दा बढीको त कारोबार गर्नै मिल्दैन । यसको मतलव हामी त सरकारको नीति अनुसार चल्ने हो । सरकारले बनाएको नीतिमा केही कडाई गरियो भने पनि हामी त्यही अनुसार चल्नै पर्छ । यसको सीधा मार भनेको सेवाग्राहीहरुमा नै पर्ने मैले देखेको छु । यसमा सरकारी निकायले पनि सहयोग गर्छ भन्ने मलाई विश्वास छ । थ्रि जी र फोर जीको नै कुरा गरौं न । यिनीहरुको सेवा क्षेत्र भनेको शहरी क्षेत्र मात्रै हो । तपाईँ एउटा शहरबाट अर्को शहरमा जानुहोस् तपाईँले त्यो बीच बाटोमा त टु जी सेवा पनि पाउनुहुन्न । थ्रि जी र फोर जीको त कुरै छाडौं । मैले भन्न खोजेको हामी प्रविधिलाई आम मानिसमा पुर्याउन र उनीहरुलाई प्रविधिमैत्री बनाउन सक्दो कोशिस गछौं । सरकारको नीति र यससम्बन्धी रणनीतिलाई पूरा गर्न पनि सक्दो कोशिस गर्छौं । तर, यसको लागि सरकारले गर्नुपर्ने ठाउँमा पनि हामीलाई सहयोग गरिदिनु पर्यो । यो क्षेत्रप्रति मान्छेको चेतना त्यही अनुसार हुनु पर्यो । समग्रमा भन्ने हो भने प्रयोगकर्ताहरुलाई हामीले विश्वास दिलाउनु नै ठूलो कुरा हो ।
राष्ट्र बैंकको यस विषयमा खुलेर प्रस्तुत हुन सकिरहेको छैन, किन ? हामीले उसलाई यस विषयमा कन्भिन्स गराउन किन सकिरहेका छैनौं ?
सबै पक्षले डिजिटल दुनियाँलाई एउटा क्यासलेस सोसाईटीमा जाने श्रेणी हो भनेर सकारात्मक रुपमा लिनुपर्ने थियो। यो प्रविधिमा जाने वित्तिकै सबै कुराहरु सिस्टममा आउँछ भन्ने कुरा पनि सबैले बुझ्नु पर्ने थियो। कर लगायतका जुनसुकै कुरा किन नहोस्। उदाहरणको लागि हामी डिसहोमलाई देख्न सक्छौं। यो डिजिटलाई जेसनमा गएपछि सुरुका दिनदेखि आजको दिनसम्म २ अर्ब भन्दा बढी त यसले कर नै तिरिसकेको छ। यो यदि डिजिटलाईजेसन गएको थिएन र पहिलेको जस्तै एनालग नै चलिरहेको थियो भने त त्यो राजश्व त आउने थिएन नि। त्यसैले यो डिजिटल प्रविधिको विकासबाट नै सरकारलाई र आम मानिसलाई पनि फाईदा छ। यो क्षेत्र यति धेरै सीमितता र समस्या छ नि। यो समस्यालाई हामीले एउटा सिस्टम भित्र ल्याउन सक्यौ भने यो देशको आर्थिक विकासमा ठूलो उपलब्धी हुनेछ।
यसले अर्थतन्त्रको वास्तविक तस्वीर पनि स्पष्ट पार्छ। राष्ट्र बैंक पनि नीतिगत रुपमा यस्तो गर्नुपर्छ भन्नेमा स्पष्ट छ। तर, यसलाई प्रयोगमा ल्याउने हकमा भने नयाँ प्रविधि भएकोले पनि हुनसक्छ केही कडाई गरेको छ। फेरि यसो भनिरहँदा राष्ट्र बैंकले केही नगरेको पनि होइन। राष्ट्र बैंकको पेमेन्ट डिपार्टमेन्टले विज्ञहरुसँग सुझावहरु लिएर नीति बनाउने कुरामा धेरै गरेको छ। तरपनि, अब अलिकति हाम्रो त्यो तहमा एक्सपोजर नपुगेर, अझ बढी प्रयोगको हदसम्म हामी केन्द्रित हुन नसकेर पनि यो समस्या भएको हुनसक्छ। यसको नियमनको परिधिभित्रका हाम्रा कामहरु त्यति बलियो हुन नसकेको अवस्थामा केही समस्या हुने हो कि भन्ने डर चाहिँ होला तर, यो आएर विग्रिन्छ भन्ने डर चाहिँ राष्ट्र बैंकलाई पनि छैन। मात्रै त्यो कार्यप्रणालीले कसरी काम गर्छ भनेर यस विषयमा केही तयारी भईरहेको होला। तर, हामीले सबै तहहरुमा कुरा गर्दा उहाँहरु पनि यो प्रणालीको विकास हुनुपर्छ भन्ने पक्षमा नै हुनुहुन्छ।
बजारमा अब आक्रामक रुपमा आउने तयारी गरेसँगै तपाईँहरु कुनै स्टाटिजी पार्टनर भित्र्याउने तयारीमा हुनुहुन्छ कि ?
यो प्रश्न सोध्न अलिकति हतार गर्नुभयो। हामीलाई प्रस्तावहरु त धेरै आईरहेको छ। तर, हामीले यो विषयमा अहिले केहीपनि सोचेका छैनौ ।
अन्य सेवा प्रदायकलाई छाडेर सेवाग्राहीहरु आईएमर्इ पेमा नै आउनुपर्ने कारण के ?
यो मोबाइल मनिको क्षेत्र भनेको आफैंमा यस्तो क्षेत्र हो कि जुन प्लेटफार्मको हिसावले संसार भरी एउटै हुन्छ । मात्रै यसमा फरक के हुन्छ भने यसको उपलब्धता र प्रयोगकर्ताको अनुभवमाआधारित हुन्छ । एक्सेसाविलिटी, ब्राण्डको ट्रस्ट र अरु तपाईँले दिने सर्भिस त्यसैको लागि नै आउने हो । विश्वास गर्ने आधार भनेको बैंक र विभिन्न वित्तीय संस्थासँग प्रत्यक्ष/परोक्षरुपमाव्यवसायीकपहुँच छ । जुन चाहिँ अरुसँग अहिलेसम्म पहुँच छैन । यसले के हुन्छ भने भोलिको दिनमा हामीहरुले प्रयोगको उपलब्धता यति धेरै बनाउँछौं कि त्यसले हाम्रा ग्राहकहरुलाई अरुको भन्दा सेवा लिन धेरै सहज हुन्छ । अर्को हाम्रा रेमिटेन्सका सेवाग्राहीहरु हुनुहुन्छ । उहाँहरुलाई केही विशेष सुविधा पनि दिएर हामी यहाँ स्वागत गछौं । थप बैंक, इन्सुरेन्स लगायतका सेवालाई विस्तारै जोड्ने तयारी गरिरहेका छौं र अर्को हामी सरकारी भुक्तानीहरु पनि चाँडै नै सुरुवात गर्दैछौं । यो हिसावले एकदमै अरुको भन्दा यो अर्कै हो भन्न त सकिँदैन यो क्षेत्र नै यस्तै छ। तर, यसमा ज्यादा भन्दा ज्यादा सेवा दिने र सरल तरिकाले सेवा दिएर सेवाग्राहीहरुको विश्वास बढाउने काम नै महत्वपूर्ण र अरुको भन्दा फरक हुनसक्छ।
अनलाईन पेमेन्टको विषयमा कुरा आउँने संसार भरी नै ग्राहकहरुलार्इ आफ्नो सम्पत्तिको सुरक्षाको चिन्ता हुने गर्दछ। यसमा तपार्इँहरुले सुरक्षाका तपार्इहरुको तयारी कस्तो छ ?
हामीकहाँ पहिलो त यस्तो समस्या नै आउँदैन। किनभने हामीले आम मानिसले दुख गरेर कमाएको पैसाको सुरक्षाको जिम्मा हामीलाई दिईसकेपछि हामी पनि उहाँहरुप्रति जिम्मेवार बनेर हामीले यसको सुरक्षाको लागि धेरै पैसा खर्च गरेका छौं। हामीले यो क्षेत्रमा प्रयोग गरेको पैसालाई खर्चको रुपमा नभई लगानीको रुपमा लिएका छौं।
यससँग सम्बन्धित पूर्वाधारहरु तयार गरेका छौं। त्यो उच्च अन्तराष्ट्रिय गुणस्तरको छ। हामीले आइएमई पेको लागि जुन प्रकारको प्रविधिको प्रयोग गरेका छौं। त्यो मेरो विचारमा कुनै बैंकको भन्दा पनि अझ उत्कृष्ट होला कम छैन। हाम्रो पूरै डाटा सेन्टर उत्कृष्ट छ अर्थात् हामीले यो सिस्टमको लागि धेरै पैसा लगानी गरेका छौं। हामीले अहिले पनि महिनामा लाखौं लाखको कारोबार गर्ने गरेका छौं। त्यो गर्न सक्नु भनेको हाम्रो सिस्टमकै कारण भएको कुरा हो। त्यो पनि हामीहरुको लागि अर्को एउटा राम्रो पाटो हो।
हामी बजारमा आक्रामक रुपमा कहिलेदेखि आउँछौं ?
यो क्षेत्र भनेको एकदमै पुँजीलाई जोड दिनुपर्ने व्यवसाय हो। यसमा धेरै पैसाको स्वामित्व लिनुपर्ने हुन्छ। यति धेरै पुँजीलाई जोड दिनु पर्ने यो व्यवसाय आजको भोलि गरिहालौ भनेर हुने विषय पनि होईन। त्यसैले हामीले अहिलेसम्म भित्री तयारीलाई धेरै महत्व दियौं। यो समयमा हामीले बजार हेर्यौं। सिस्टम हेर्यौं, प्रयोगकर्ताको भावनालाई हेर्यौं र सेवाप्रदायकहरुको सेवालाई पनि हेर्यौं। सबैकुरा हेरेर यो नै अघि बढ्नको लागि सहि समय हो भनेर हामी अघि बढ्ने तयारीमा छौं । अब हामी अघि बढ्छौं। तर, अघि बढ्ने क्रममा आक्रामक हुने नाममा हामी अनावश्यक हिसावले प्रचारमा अघि बढ्दैनौं। हामी तार्किक हिसावले लक्ष्यहरुलाई पनि विकास गराउँदै मान्छेमा एककिसिमको विश्वासको आधार तय गर्दै अघि बढ्दछौं। यसको रिजल्ट हेर्न त अझै केही वर्ष लाग्छ। समग्रमा भन्ने हो भने हामीले यो प्रोजेक्टलाई धेरै महत्व दिएका छौं। यसलाई हामीले दीर्घकालीन प्रोजेक्टको रुपमा पनि हेरेका छौं। जुन बजारमा आक्रामक रुपमा नआएको भन्ने कुरा छ त्यसलाई तपाईँहरुले विस्तारै देख्दै जानुहुनेछ।
अन्त्यमा, नयाँ क्षेत्रमा तपाईँहरुले हात हाल्नु भएको छ। पुरानो यति धेरै चर्चित संस्थासँगै नयाँ क्षेत्रमा हात हाल्दा यसको चुनौती के देख्नु भएको छ?
हामी यो नयाँ व्यवसायमा जाँदै छौं। यसलाई सफल बनाउनको लागि हाम्रा सबै स्रोतहरु परिचालन गरिरहेका छौं। एउटा भरपर्दो ब्राण्डको रुपमा स्थापित आइएमईले आम सेवाग्राहीहरूको राम्रोविश्वास आर्जन गरिरहेको छ | हरेक नयाँ काममा चुनौती पक्कै पनि हुन्छन् तर, ती चुनौतीलाई व्यवस्थापन गर्ने क्षमताहामीले विकास गरिसकेका छौं |