arrow

मेरो दशैं - मासु नखाएरै वित्छ : सुमन पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७३ असोज १७ सोमबार
suman-pokhrel.jpeg
काठमाडौं। नेपालीहरूको महान पर्व बडा दशैं मध्य हुने क्रममा छ। दशैंको तयारी घरघरमा छ। हिन्दूधर्मालम्बीहरूमा दशैंको उल्लास छ। यहि उल्लासको बीचमा हाम्राकुरा डटकमले समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग दशैं कसरी मनाउनुहुन्छ भनेर जिज्ञासा राखेको छ। मेरो दशैं शिर्षकमा गररिएका ५ प्रश्नमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग रमाइला कुराकानी भएको छ। नेपालकै नम्वर एक रेमिट्यान्स कम्पनी आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोख्रेलले आफ्नो दशैको बारेमा हाम्राकुरा डटकमसँग यसरी कुरा साँटे।  
 
प्रश्नः दशैं कहाँ मनाउँदै हुनुहुन्छ ? 
जवाफः म कुनैपनि दशैंमा विदेश जाने गरेको छैन । सायद दशैं मनाउनैको लागि म बिदेश पनि जान्न होला। दशैं भनेको नेपालीहको सांस्कृतिक पर्व हो । दशैंमा नेपालमा नै आफन्त र साथीभाइ भेटघाट हुने गर्दछ । नेपालमा नै दशैं मनाउने गरेको छु । अरु बेला बिदेशमा भएकाहरु त दशैंमा स्वदेश आउँछन् भने हामी यहि भएकाहरु दशैंमा बिदेश जाने कुरा पनि भएन । मलाई लाग्छ दशैं विदेशमा भन्दा नेपालमा नै कयौं गुणा बढी रमाईलो हुन्छ होला । 
 
प्रश्नः दशै भनेपछि कतिपय खेलहरु पनि रमाइलोको लागि खेलिन्छन। यो बेला कुन–कुन खेल खेल्नु हुन्छ ? चङ्गा उठाउन मन लाग्छ कि लाग्दैन ?
जवाफः जुवातासको प्रतिबन्धित कुरा हो । तर पनि चार्डपर्वमा तासले आफ्नै किसिमको माहौल ‘क्रिएट’गर्ने भएकोले कसैलाई पनि समस्या नपर्ने गरि घरपरिवार र आफन्तसँग आफ्नै घरमा बसेर खेल्छु । निश्चित नियममा बाँधिएर सामान्य खेल खेलिने भएकोले अरूलाई समस्या पर्ने केहि पनि घटना घट्दैन । घरमा तास नै खेल्नुपर्दा चाहिँ म्यारिज खेलिन्छ । त्यसपछि अन्य खेल पनि खेल्ने गरिन्छ । हामीले आईएमईबाट पनि घटस्थापनाको दिन ‘चङ्गा चेट अभियान’ अन्तर्गत अफिसमा नै पनि उडाएका थियौँ । कहिलेकाहीँ घरमा पनि उडाउने गर्दछु । 
 
प्रश्नः दशैं भन्ने वित्तिकै मासु खाएर मनाउने चाड जस्तो मानिन्छ हाम्रो समाजमा ? दशैंमा मासु कत्तिको खानुहुन्छ ? 
जवाफः म पूर्णतया शाकाहारी हुँ । त्यसैले मासु खाने कुरै भएन । बरु मासुको साँटो आलु खान्छु । आलुमा अरु सिजनल तरकारीहरु मिसाइन्छ । घरमा सेल पनि पकाइन्छ । घरमा सेल तरकारी आएर मनाईन्छ दशैं । दशै भन्ने वित्तिकै माछा मासु नै हुनुपर्छ भन्ने त हामीकहाँ छैन । 
 
प्रश्नः टीकाटालो गर्दा कस–कसलाई पैसा दिनुहुन्छ, को–को बाट पैसा लिनुहुन्छ ?   
जवाफः टीकाटालोमा आफू भन्दा ठूलालाई पैसा दिने र सानोबाट पैसा लिने चलन रहेको छ । तर टीकाटालोमा नाफाघाटाको हिसाव गर्दा दिनुनै बढी हुँदा समग्रमा नोक्सानमा नै हुन्छ। तर यसलाई नाफाघाटा भन्दा पनि हार्दिकता साट्ने चाडको रुपमा लैजाने प्रयास हुनुपर्छ । 
 
प्रश्नः दशैंमा नयाँ लुगा किन्नुहुन्छ कि किन्नुहुन्न ? 
जवाफः सानोमा नयाँ लुगा किन्ने अनि लगाउने नै दशैं जस्तो हुन्थ्यो। साना नानी बाबुको लागि त अहिले पनि यहि नै दशै जस्तो हुन्छ। बजारमा पनि किनमेलको घुइचो हेर्दा दशै भनेको सपिङको चाड जस्तो देखिन्छ । तर नयाँ लुगा किन्न नै भनेर दशैंको लागि अहिले धेरैले कुर्दैनन जस्तो लाग्छ। दशैका लागि भनेर स्पेसल सपिङ गरिदिन । आफूलाई आवश्यक परेको बेलामा कपडा किनिन्छ दशैं स्पेसल भनेर कपडा किनिँदैन् । समग्रमा दशैं पारिवारिक रुपमा उल्लासपूर्वक मनाइन्छ । हाम्राकुरा मार्फत सबै नेपालीहरुमा पनि दशैको शुभकामना व्यक्त गर्छु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ