arrow

ग्लोबल आईएमई बैंकको दुई नयाँ शाखा बिस्तार

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
गब.jpg

काठमाडौं । ग्लोबल आईएमई बैंकले पाल्पाको तानसेन र पूर्वखोला शाखा कार्यालयको बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल र तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले संयुक्त रुपमा गरे । 

नयाँ शाखाको औपचारिक उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले पाल्पा जिल्ला लगायत देशका अन्य जिल्लामा ग्लोबल आईएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ