arrow

 ग्लोबल आईएमईको कामु सिइओको जिम्मा महेश ढकाललाई 

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
mahesh-dhakal.jpeg

काठमाडौं । ग्लोबल आईएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृत सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन् । सिइओ जनक शर्मा पौडेलले राजीनामा दिएपछि बैंकले ढकाललाई कामु सिइओको जिम्मेवारी दिएको हो । 

उनी डेपुटी सिइओको जिम्मेवारीमा थिए । सिइओले राजीनामा दिएपछि अर्को व्यवस्था नहुदासम्मका लागि आफुले कामुको जिम्मेवारी पाएको ढकालले बताए ।  

तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका सिइओ रहिसकेका ढकाल चाटर्ड एकाउन्टेन्ट हुन् । मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि उनी ग्लोबल आईएमई बैंकमा डेपुटी सिइओ बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ