arrow

ग्लोबल आइएमई बैंकको नयाँ शाखा हिले बजारमा विस्तार

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
global-ime-bank1.jpg

काठमाडौं । ग्लोवल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा रहेको शाखा कार्यालयबाट सेवा सुचारु गरेको छ। मंगलबार आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल तथा शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने बैंकको मूल नारालाई पालन गर्दै देशको सबै क्षेत्रमा सेवा पुर्याउने दाबी गरे । बैंकिङ सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म बैंक शाखा विस्तार गर्दै तथा शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ सेवाका माध्यमबाट सेवा विस्तार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । साथै ग्लोवल आइएमई बैंकले उनले जनता बैंक नेपालसँग पनि मर्जरमा जाने सहमति गरेको बताए ।

बैंकको  देशभर १ सय ४२ शाखा १ सय ४८ एटीएम,१ सय ८४ शाखारहित बैंकिङ सेवा, ३० राजस्व संकलन कार्यलयबाट सेवा प्रदान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ