arrow

ग्लोबल आइएमई र अलबिलाद बैंकबीच रेमिट्यान्स सम्झौता सम्पन्न

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
gib.png

काठमाडौं। ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवा सुरुवात भएको छ । साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश ढकाल तथा बैंक अलबिलादका महाप्रबन्धक ओमार अल हुसेनले हस्ताक्षर गरे ।

अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अलबिलादको १८० भन्दा बढी शाखा तथा काउन्टरमार्फत नेपालमा सहज रुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालभर रहेका १५ सय  भन्दा बढी एजेन्टहरुमार्फत रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
लोबल आइएमई बैंकले साउदी अरब, युएई, कतार, बहराइन, मलेसिया, भारत, संयुक्त अधिराज्य, अष्टे«लिया, दक्षिण कोरिया, जापान र जोर्डनका विभिन्न कम्पाीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ