arrow

माइक्रोसफ्टले दियो आइफोन प्रयोगकर्तालाई खुशीको खबर

logo
हाम्रा कुरा
प्रकाशित २०७२ चैत २८ आइतबार
hub-keyboard-app-from-microsoft-garage-makes-it-easy-to-multitask-from-one-mobile-screen.jpg.jpeg
एजेन्सी । एन्ड्रोयड प्रयोगकर्ताको लागि 'भर्चूअल किबोर्ड' सम्बन्धि प्ले स्टोरमा सयौ एप्पसहरु बनिसकेका छन् भने विन्डोज फोनको लागि पनि माइक्रोसफ्टले सोहि प्रकारका किबोर्ड बजारमा ल्याइसकेको छ । तर अब  कम्पनीले एप्पलको आइफोन अपरेटिङ्ग सिस्टम (आईओएस) को लागि पनि 'भर्चूअल किबोर्ड' उपलब्ध गराउने भएको छ । यस अघि माइक्रोसफ्टले एन्ड्रोयड प्रयोगकर्ताको लागि यो सुविधा सन् २०१६ फेब्रुवरीमै उपलब्ध गराएको छ ।
 
उक्त एप्पसको डिज़ाइन विशेष सुविधा सहित सर्च बटन  समाहित गरिएको कम्पनीले जनाएको छ । जसमा च्याटिङ्गको क्रममा इन्स्टेट लिङ्क्सलाई  शेयर गर्न सकिन्छ साथै  एड्रेसबुकसँग लिङक गरी कन्ट्याक इन्फोलाई  कपी-पेस्ट पनि गर्न सकिने कम्पनिको दाबी रहेको छ । यस अघि आईफोन प्रयोगकर्तहरुसँग किबोर्डको अन्य बिकल्प थिएन । माइक्रोसफ्टको तर्फबाट यो एप्पस आईफोन यूजर्सको लागि उपहार सावित हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ