arrow

अद्भुत अतिथि-सत्कार, परेवा परेवीले अतिथिको लागि दिए आफ्नै आहुती

logo
पुराण,
प्रकाशित २०७६ पुष १५ मंगलबार
hunter.jpg

काठमाडौं। एक दिन एक शिकारी शिकार गर्दै गर्दा घनघोर जंगलमा पत्थर-पानी-हावाको चोटले गम्भिर दुर्घटनामा परे । केहि अघि बढ्दै गर्दा उनले एक वृक्ष देखे। त्यसको छायामा गएपछि उनलाई केहि आराम मिल्यो। तब उनलाई श्रीमती-बच्चाहरुको चिन्ताले सताउन थाल्यो । यता सूर्यास्त पनि भइसकेको थियो । चिसोका कारण उनको हात-खुट्टा कम्पन भइरहेको थियो र दाँत किटकिटाइ रहेको थियो ।

त्यसै वृक्षमा एक परेवा आफ्नो पत्नीको चिन्तामा बसिरहेको थियो । उसकी स्त्री पतिव्रता थिइ र चारो लिएर आएकी थिइन्। खासमा तिनी यिनै शिकारीको जालमा परेकी थिइ। परेवा पत्नी नफर्किएपछि विलाप गरिरहेको थियो ।

पतिको विलाप सुनेर परेवाकी पत्नी भनिन्-'नाथ! म पिंजडामा बाँधिएकी छु । कृपया तपाई मेरो चिन्ता नगरेर अतिथि-धर्मको पालन गर्नुहोस । यी शिकारी भोक र चिसोले मर्न गइरहेका छन् । साँझ पनि भइसकेको छ । यी आर्त यद्यपि शत्रु हुन्, फेरी पनि अतिथि हुन् । अत: यिनको सत्कार गर्नुहोस । यिनले मलाई पक्रिएका छन् त्यो मेरो कुनै कर्मको फल हो। यसको लागि शिकारीलाई दोष दिनु व्यर्थ छ। तपाई आफ्नो धार्मिक बुद्धिलाई स्थिर गर्नुहोस। थाकेका अतिथिको रूपमा सम्पूर्ण देवता र पितृहरु आउछन् । अतिथि-सत्कारबाट सबैको सत्कार हुन्छ । यदि अतिथि निराश भएर फर्किए तब सबै देवता र पितृ पनि फर्किन्छन् । यस शिकारीले तपाईकी पत्नीलाई समाति रहेको छ भन्ने बिर्सेर यिनलाई सेवा गर्नुस। किनभने नराम्रो गर्नेसँग जो राम्रो व्यवहार गर्छ, उनै पुण्यको भागी मानिन्छ ।'

परेवा आफ्नो पत्नीको धार्मिक प्रवचनबाट निकै प्रभावित भयो। उसमा धर्ममयी बुद्धिको जागरण भयो । उसले शिकारी सामु उपस्थित भएर भन्यो–'तिमि मेरो घरमा आएका अतिथि हौ। मेरो कर्तव्य हो कि म प्राण दिएर पनि तिम्रो सेवा गरु। यस समय तिमि भोक र चिसोबाट मृतप्राय भइरहेका छौ । केहि समय प्रतीक्षा गर।'

यति भनेर उ उड्यो र कतैबाट बल्दै गरेको एक दाउरो ल्यायो । त्यसलाई दाउराको चांगमा राख्यो । विस्तारै विस्तारै आगो बल्न थाल्यो । त्यसले शिकारीकी चिसो दूर भयो । तब परेवाले शिकारीलाई परिक्रमा गरेर आफूलाई अग्निमा हाल्यो । शिकारी उसलाई अग्निमा प्रवेश गर्दै गरेको देखेर चिन्तित भयो र आफुलाई धिक्कार्न थाल्यो । तब उसले परेवा तथा अन्य पंक्षीहलाई पिंजडाबाट निकालेर छोडदियो।

परेवाकी पत्नीले पनि आफ्नो पतिको पथको अनुसरण गरिन् । तत्पश्चात् परेवा र परेवा पत्नी देवता समान दिव्य शरीर धारण गरे तथा विमानमा चढेर स्वर्गलोकतर्फ प्रस्थान गरे । उनीहरुलाई जादै गरेको देखेर शिकारीले शरण लिए र आफ्नो उद्धारको लागि उपाय सोधे । यसमा परेवाले उसलाई गोदावरीमा स्नान गर्न सल्लाह दिएर । एक माससम्म गोदावरी- स्नान गरेर शिकारी पनि स्वर्गलोक गए । गोदावरीको सो स्थान आज पनि कपोत-तीर्थको नामबाट विख्यात छ। (ब्रह्मपुराण)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ