arrow

भगवान शिव यति अवतारमा पुगे भीलको घर

अतिथिको लागि त्यागे भील दम्पतीले प्राण

logo
पुराण,
प्रकाशित २०७६ मंसिर १ आइतबार
trishul-shiva.png

काठमाडौं । पूर्वकालमा आबू पर्वत नजिक एक आहक नामका भील बस्थे। उनकी पत्नीको नाम आहुजा थियो। उनि पतिव्रता तथा धर्मशील थिइन्। दम्पति शिवभक्त एवं अतिथि सेवक थिए। एक पटक भगवान् शिवले दुवैको परीक्षा लिने विचार गर्नुभयो। 

उहाँ एक यतिको रूप धारण गरेर संध्या-समय आहुकको ढोकामा पुग्नुभयो र भन्न थाल्नुभयो -'भील! तिम्रो कल्याण होस, म आज रातभर यहि रहन चाहान्छु , तिमि दया गरेर एक रात मलाई बस्नको लागि स्थान देउ।'  कुरा सुनेर भीलले भने -'स्वामि ! मसँग स्थान साह्रै कम छ, त्यसमा तपाई कसरी रहन सक्नुहुन्छ ?' 

यो सुनेर शिव रुपी यति हिड्नै लागेका थिए पत्नीले पतिसँग भनिन्- ' स्वामिन्! यतिलाई नफर्काउनुहोस, गृहस्थ धर्मलाई विचार गर्नुहोस, यसकारण तपाई दुवै घर भित्र बस्नुस, म आफ्नो रक्षाको लागि शस्त्रहरुलाई लिएर ढोकामा बस्छु ।'

भीलले सोचे,'कुरा त ठिकै हो , तर यीनलाई बाहिर राखेर म घर भित्र बस्नु उचित हैन ; किनकि यी अबला हुन्।' 

अतः उनले यति तथा आफ्नो पत्नीलाई घर भित्र बसाए र स्वयं शस्त्र धारण गरेर बाहिर बसे। रात बित्दै जादा उनि माथि हिंस्रक पशुहरुले आक्रमण गरेर उसलाई मारे। बिहान भएपछि जब यति र उनकी पत्नी बाहिर आए तब आहकलाई मृत पाए। यो देखेर यति धेरै दुःखी भए। तर भीलनीले भनिन् - 'महाराज! यसमा शोक तथा चिन्ताको के कुरा छ ? यस्तो मृत्यु त धेरै कम भाग्यमानिलाई प्राप्त हुन्छ । अब म यसै शवको साथ सती हुदैछु । यसमा त हामी दुवैको नै परम कल्याण भएको छ ।' यो भनेर चितामा आफ्नो पतिलाई राखेर उनि पनि अग्निमा प्रविष्ट भइन्। 

तब भगवान् शिव डमरू-त्रिशूल आदि आयुधोंसँग प्रकट हुनुभयो। उहाँले पटक पटक भीलनीसँग वर माग्नलाई भन्नुभयो तर भीलनी केहि नबोली सर्वथा ध्यानमग्न भइरहिन्। तब भगवानले 'आगामि जन्ममा तिम्रो पति निषधदेशमा राजा वीरसेनका पुत्र नल हुनेछन् र तिम्रो जन्म विदर्भदेशको राजा भीमसेनकी पुत्री दमयन्तीको रूपमा हुनेछ। यो यति पनि हंस हुनेछ र यही तिमि दुवैलाई संयोग गर्नेछ। त्यहाँ तिमिहरु अनन्त राजसुखलाई उपभोग गर्दै अन्तमा दुर्लभ मोक्षपदलाई प्राप्त गर्नेछौ।' भनेर वरदान दिनुभयो ।  

यो भनेर प्रभु शिव त्यहि अचलेश्वर लिंगको रूपमा स्थित हुनुभयो र कालान्तरमा यीनै दुई भील-दम्पति नल- दमयन्तीको रूपमा अवतीर्ण भए। (शिवपुराण)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ