- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बृहत्कल्पको कुरा हो। त्यस समय धर्ममूर्ति नामका एक प्रभावशाली चक्रवर्ती राजा थिए। उनमा केहि अलौकिक शक्तिहरु थिए। उनी इच्छा अनुसार रूप बदल्न सक्थे। उनको देहबाट ज्वाला निस्कि रहन्थ्यो । उनि दिनमा हिड्दा सूर्यको प्रभा मलिन हुन्थ्यो र रातममा चाँदनी फीका पर्थ्यो ।
उनले कहिले पनि पराजय भोग्न परेन । इन्द्रले उनिसँग मित्रता गरेका थिए । उनले कयौ पटक दैत्य र दानवलाई हराएका थिए । उनकी पत्नी भानुमती पनि यति सुन्दर थिइन् कि त्यस समय तीनै लोकमा कुनै नारी उनको बराबरी थिएनन् । उनि जति रूपवती थिइन् त्यति नै गुणवती पनि थिइन् ।
राजाको सबैभन्दा ठुलो सौभाग्य उनको कुलगुरु महर्षि वशिष्ठ थिए। एक दिन उनले विनम्रतापूर्ण गुरु वशिष्ठसँग सोध्छन्-'गुरुदेव! मसँग यो समय जुन सबै प्रकारको समृद्धिहरु एकत्रित छन्, यसको कारण निकै ठुलो पुण्य हुनुपर्छ। त्यो पुण्यकर्म बारे म जान्न चहान्छु जसलाई जानेर म त्यस्तै पुण्य पुनः गर्न सकूँ,जसको फलस्वरूप आगामि जन्ममा मलाई यस्तै प्रकारको सुख-सुविधा प्राप्त होस।'
महर्षि वशिष्ठले भने -'पुर्वकालमा लीलावती नामकी एक नगरवधु (वेश्या) थिइन्। उनि शिव-भक्तिमा लीन रहन्थिन्। एक पटक उनले पुष्कर-क्षेत्रमा चतुर्दशी तिथिमा लवणाचल नामको पहाडलाई दान गरेकी थिइन् । उनले सुनको एक वृक्ष पनि बनाएकी थिइन् , जसमा सुनको फूल र सुनकै देवताहरुको प्रतिमा लगाइएको थियो ।
सो स्वर्णवृक्षको निर्माणमा तिमिले निष्काम भावले उनको सहायता गरेका थियौ । त्यस समय तिमि त्यस वेश्याको नोकर थियौ। सुनको वृक्ष र फूल बनाउनमा तिमिलाई अतिरिक्त मूल्य पाइरहेका थियौ तर तिमिले धर्मको कार्य सम्झिएर त्यसलाई लिएनौ। तिम्रो पत्नीले ती फूलहरु र मूर्तिहरुलाई घोटीघोटी चम्काएकी थिइन् । तिमिहरु दुई आज जे बनेका छौ त्यो केवल त्यही श्रमदानको फल हो। त्यस जन्ममा तिमीसँग पैसा थिएन, यसकारण लीलावतीले जसरी तिमिले कुनै दान-पुण्य गरेका थिएनौ ।
यस जन्ममा तिमि राजा बनेका छौ, अत: अन्नको पहाड विधि-विधानसँग दान गर। जब केवल 'श्रमदान' बाट तिमि सातै द्वीपको अधिपति बनेका छौ र तिम्रो पत्नी तीनै लोकमा अप्रतिम रूपवती र गुणवती बनेकी छन्, तब यस अन्नको पहाड दानको के फल हुनेछ, यसलाई तिमि स्वयं बुझ्न सक्छौ। हेर,यस लवणाचलको दानबाट वेश्या पनि शिवलोकमा पुगिन् र उनको सबै पाप जलेर खाक भएको थियो।'
धर्ममूर्तिले निकै उत्साहका साथ आफ्नो गुरुको आज्ञा पालन गरे । (पद्मपुराण)