arrow

मिटरब्याजी प्रकरण : राजपा नेता पक्राउपछि न्याय पाउने आशमा पीडित फर्किए घर

logo
हाम्रा कुरा
प्रकाशित २०७६ पुष २४ बिहिबार
rambabau_yadav.jpg

सर्लाही । सर्लाहीका दुई मिटरब्याजीबाट पीडित भएकाहरु न्याय पाउने आशमा काठमाडौंबाट जिल्ला फर्किएका छन्। शीर्षस्त नेता र सुरक्षा अधिकारीले पीडकलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने आश्वासन दिएपछि सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव र सञ्जय साह रौनियारबाट पीडित भएकाहरु घर फर्किएका हुन् ।

बिहिबार बिहान जिल्ला फर्किएका पीडितहरु कानुन व्यवसायीसँग समन्वय गरी प्रहरीमा मुद्दा दायर गर्ने तयारीमा जुटेका छन् । मिटरब्याजी यादव र रौनियारबाट ऋण लिएर पीडित भएकाहरुले ऋण चुक्ता गर्दा पनि कपाली तमसुक फिर्ता नगरेको, दृष्टिबन्धक राखेको जग्गा साहुले आफू खुशी बिक्री गरेको जस्ता गुनासो गरेका छन् ।

शीर्षस्थ नेताहरु र सुरक्षा अधिकारीले आफूहरुको तर्फबाट न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएपछि आफूहरु जिल्ला फर्किएको ईश्वरपुर नगरपालिका–५, का रवीन्द्र कुशवाहाले जानकारी दिए ।

पीडितहरु काठमाडौं पुगेर गुनासो राखे लगत्तै मिटर ब्याजमा ऋण लगानी गरी धेरैलाई उठिबास लगाएको आरोपमा बरहथवा नगरपालिकाको सीतापुर निवासी राजपा केन्द्रीय सदस्य रामबाबु राय यादव पक्राउ परिसकेका छन् ।

उनीविरुद्ध जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका प्रमुख (एसपी) विश्वमणि पोखरेलले बताए। ब्रह्मपुरी गाउँपालिका निवासी अर्का मिटरब्याजी सञ्जय साह रौनियार भने फरार छन् ।

भारतमा लुकिछिपी बसेको सूचना पाएपछि सर्लाही प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी रौनियारको पनि खोजी भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ