arrow

मिटरब्याजी पीडितका पीडा: 

२३ दिन लगातार हिँडेर आए, सरकारले न्याय दिने छैन टुङ्गो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
meater-byaji-11-18.jpg

काठमाडौँ । लगातार २३ दिन हिँडेर गत फागुन १० गते काठमाडौं आएका मिटरब्याजी पीडितहरू निरन्तर रूपमा आन्दोलनरत छन् । नेपालको विभिन्न भागबाट २३ दिन लगातार हिँडेर काठमाडौं सरकारसँग न्याय माग्न आए पनि उनीहरूको मागलाई सरकारले अहिलेसम्म सुनुवाइ गरेको छैन । 

मिटरब्याजी पीडितहरू न्याय नपाएसम्म काठमाडौं नछाड्ने अडानमा रहेका छन् । खाली खुट्टामा हिँड्दा उठेका ठेलाहरू फुटेर बनेका घाउबाट रगत बगाउँदै भए पनि दैनिक काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । सरकारले उनीहरूको माग सम्बोधनको लागि वार्ता टोली बनाएर वार्ता गरिरहेको छ । तर दुई पटकसम्म वार्ता सफल हुन सकेको छैन । काठमाडौं आएका अधिकांश मिटरब्याजी पीडितहरू गाउँकै साहु महाजनबाट लिएको ऋणले उठिबास बनाएको भन्दै सरकारसँग जाली तमसुक खारेज गर्न माग गरेका छन् । 

अधिकांश पीडितहरूले ऋण लिएको ४ देखि ६ वर्षमा दोब्बर तेब्बर ऋण पुग्ने र हरेक वर्ष बुझाउँदा पनि साहुको ऋण नघटेर उल्टो बाँकी छ भन्दै घर जग्गा लुट्ने काम गरेको गुनासो गर्दै आएका छन् । उनीहरूले साहुले जाली तमसुक बनाएर भएको एक कट्ठा जमिन समेत हडपेकाले न्यायको लागि काठमाडौं आएको तर न्याय पाउने आशा मरेको बताए । उनीहरूले ऋणको दोब्बर पैसा फिर्ता गर्दा पनि साहुले जग्गा खाने र जग्गा फिर्ता माग्दा उल्टै ऋण लिएको भन्दा बढी पैसा माग्ने गरेको पीडितहरूको गुनासो छ ।

 मिटरब्याजी पीडित आन्दोलनमा सहभागी दाङका मिटरब्याजी पीडितले राज्यले पीडितहरूको माग सम्बोधन भन्दा पनि राजनीतिकरण गर्ने काम भइरहेको बताए । उनले काठमाडौं आएर न्यायको ढोका ढकढकाय पनि न्याय पाउने अवस्था नदेखिएको दाबी गरे । पीडितले सरकारसँगको वार्तामा पनि विभिन्न पार्टीहरूको खेल भइरहेको बताए । उनले वार्ताको माध्यमबाट समस्याको समाधान नहुने भएकाले न्याय पाउने विश्वास हराएको बताए । पीडितहरूको माग सरकारले सम्बोधन गर्छ भन्ने दुःख,कष्ट सहेर पनि न्याय पाउने आशाले बसिरहेको भन्दै खान, बस्नको लागि आफैँ खर्च गर्नुपरेको बताए । न्याय नपाएसम्म काठमाडौं नछोड्ने योजनामा रहेको बताए ।

सुनसरी जिल्लाबाट आएका अर्का मिटरब्याजी पीडित बेलाल अनसारीले पूर्व मेचीदेखि पैदल हिँडेर काठमाडौं आएको ३२ दिन भएको र स्वास्थ्यमा समस्या देखिन थाल्दा समेत सरकारले माग सुनुवाइ गर्ने अवस्था नदेखिएको दुखेसो पोखे । उनले पीडितहरूको माग सम्बोधन नभएसम्म काठमाडौँमा नै बस्ने बताए । उनले काठमाडौं बस्नलाई धेरै समस्या रहेको गुनासो गरे । उनले मिटिर ब्याज पीडितले यति धेरै दुःख कष्ट भोग्दा पनि सरकारले समस्या बुझ्न नसेको बताए । उनले आन्दोलनमा हुँदा समेत साहुमाहजनले पैसा कहिले दिने भन्दै फोन आउने गरेको सुनाए । अनसारीले सरकारले मिटिरब्याज पीडितलाई गृहमन्त्रीले दिने न्यायको सन्देश लिएर मात्रै आउने सुनाएको बताए ।

 मिटरब्याजी तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता शत्रुधन कुशवाह यादवले सरकारले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न आनाकानी गरिरहेको बताए । उनले सरकारले ६ बुँदे माग सम्बोधन गरे पीडितहरू तत्काल घर फर्कने जानकारी दिए । उनले पीडितहरूको सरकारसँग धेरै ठूलो माग नभएको भन्दै जाली तमसुक खारेज,बढी लगेको पैसा फिर्ता लगायतमा मात्रै माग रहेको बताए। 

सिराहा जिल्लाका तिलकबहादुरको पनि उस्तै गुनासो रहेको छ । उनले पनि न्याय माग्नको लागि काठमाडौं आएको र न्याय नपाएसम्म घर नफर्कने बताए । न्याय पाउने आशाले अगुवाहरूको पछाडि लागेर आएको बताए । त्यस्तै कैलाली टिकापुरकी लक्ष्मी शाहले मिटरब्याजीले ऋणले भएका र घरजग्गा लिलाम गरेकाले न्यायको लागि आन्दोलनमा आएको बताइन् ।

पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याजी पीडित समूहबीचको वार्ताले ठोस निष्कर्ष निस्कने भने पनि अहिलेसम्म आउन सकेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ