arrow

सनराइज बैंकले ल्यायो आफ्ना ग्राहकलाई 'क्यास ब्याक' योजना

logo
प्रकाशित २०७६ माघ ३ शुक्रबार
sun2.jpg

काठमाडौं। डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने योजना अनुसार सनराइज बैंक लिमिटेडले 'क्यास ब्याक' योजना सार्वजनिक गरेको छ ।

माघ १ गते देखि ३ महिनासम्म सञ्चालन हुने उक्त योजनाअन्तर्गत  बैंकका डेबिट क्रेडिट कार्ड सेवा लिएर  हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल तथा ई कमर्समा कार्ड प्रयोग नगरेका ग्राहकहरूले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा २ सय ५०  क्यास ब्याक र ई–कर्मसमा कारोबारमा २ सय ५० क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।

क्यास ब्याक प्राप्त गर्नका लागि डेबिट-क्रेडिट कार्डमार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५ सय  वा सोभन्दा बढीको कारोबार गर्नुपर्ने तथा कुनै पनि ग्राहकले डेबिट-क्रेडिट कार्डमार्फत एकै पटक वा आंशिकरुपमा गरी एक महिनामा १५ हजार वा सोभन्दा बढीको खरिद गरेमा १ हजार क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ