arrow

सनराइज बैङ्कको ग्राहकलाई मनकामना केबल कारको टिकट खरिदमा क्यास ब्याक

logo
प्रकाशित २०७७ फागुन ८ शनिबार
sunrise-manakamna-cablecar.jpg

काठमाडौँ। स्मार्ट बनौँ, डिजिटल बैङ्किङ गरौँ अभियानलाई आत्मासाथ गर्दै सनराइज बैङ्कले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्टको प्रयोग गरी मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास ब्याक दिने योजना ल्याएको छ।

यस योजना अन्तर्गत सनराइज बैङ्कका ग्राहकले बैङ्कको सनराइज स्मार्ट प्रयोग गरी खरिद गरिएको हरेक टिकटमा १०० रुपैयाँ क्यास ब्याक प्रदान गर्नेछ। यो योजना २०७७ फाल्गुण ७ देखि चैत मसान्तसम्म रहने बैङ्कले जनाएको छ।

कोभिड१९ को वर्तमान परिप्रेक्ष्यमा बैङ्कले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित सङ्क्रमणको जोखिमलाई समेत न्यूनीकरण गर्ने बैङ्कको विश्वास छ।

डेबिट-क्रेडिट कार्ड, मोबाइल बैङ्किङ, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरूको प्रयोगलाई बढवा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने हेतुले सनराइज बैङ्कले विभिन्न नबिनतम् सेवा सुविधा ल्याउँदै आएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ